जेल परेको २ महिनामा निर्दोष ठहर भएपछि...

सोमबार, १९ चैत २०७४, १९ : ०१ नागरिक

नुवाकोट– फरार अपराधी भन्दै नुवाकोट अदालतको आदेशमा जिल्ला कारागार नुवाकोट चलान भएका दुईजना बन्दी सर्वोच्च अदालतको आदेशबाट निर्दोष ठहरिएका छन्। 

पञ्चकन्या गाउँपालिका वडा नंं ४ थप्रेकका भीमबहादुर तामाङ र वडा नंं ५ भदु्रटारका सानुवीरे तामाङलाई सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र मीरा खड्काको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा आइतबार निर्दोष रहेको ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो। सर्वोच्चको आदेशमा उनीहरु दुवैजना सोमबार थुनामुक्त भएका छन्। 

चेलबेटी बेचबिखन मुद्दामा नुवाकोट जिल्ला अदालतले २०४२ सालमा १० वर्ष कैद सजाय सुनाएकाले सोही मुद्दामा दोषीको नाम मिलेको भन्दै भीमबहादुरलाई नुवाकोट प्रहरीले गत माघ १० गते पक्राउ गरेको थियो। उनको ठेगाना साविक थप्रेक–२ भए पनि दोषी ठहर भएका व्यक्ति थप्रेक–१का रहेको प्रहरीको मिसिलमा उल्लेख थियो। 

भीमबहादुरका छोरा कमलबहादुरले बुबालाई पक्राउ गरेपछि आफूहरुको अध्ययनसमेत प्रभावित भएको र पारिवारिक पीडा, मानसिक तनाव र बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गर्दा आर्थिक नोक्सान भए पनि न्याय पाउँदा खुशी लागेको बताए। 

यस्तै, २०१५ सालमा चोरी मुद्दामा दोषी ठहर भएको भन्दै २०१८ सालमा जन्मनुभएका सानुवीरे तामाङलाई प्रहरीले गत फागुन ९ गते पक्राउ गरी अदालतमा बुझाएको थियो। प्रहरीले बुझाएलगत्तै दुवैजनालाई ‘दोषी ठहर भएका व्यक्ति’ भएको जिकिर गर्दै अदालतका स्रेस्तेदार महिमानसिंह विष्टले कैदीपूर्जी थमाएर कारागार चलान गरेका थिए।

सर्वोच्चबाट निर्दोष ठहर भएका नौले भनिने सानुवीरे तामाङका छोरा प्रेमबहादुरले आफ्नो बुबाले अपराध नगरेको प्रमाण पेश गर्दागर्दै जिल्ला प्रहरी र अदालतबाट पीडित बनाए पनि अहिलेको सर्वाेच्चको आदेशमा न्याय मिलेको बताए। 

नुुवाकोट प्रहरीले न्यायालयको फैसला कार्यान्वयनलाई पुस अन्तिम सातादेखि अभियानका रुपमा सञ्चालन गर्दै आएको छ। प्रहरी कारवाहीमा निर्दोष व्यक्ति पक्राउ गरी कैदी पूर्जी दिएको भन्दै केही पीडितहरु बन्दी प्रत्यक्षीकरणमार्फत न्यायको पहलमा जुटेका छन्। 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad