८ वैशाख २०८१ शनिबार
राजनीति

गाउँपालिका राष्ट्रिय महासंघमा श्रेष्ठ

काठमाडौँ– गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्षमा होमनारायण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

महासंघको दोस्रो महाधिवेशनबाट अध्यक्षसहितको ३७ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ । यसैगरी महासचिवमा वंशलाल तामाङ, कोषध्यक्षमा दिलमाया बुढा मगर तथा सदस्यमा प्रेमकुमार राई, खिमबहादुर थापा, मानबहादुर डाँगी, भोलाप्रसाद गुप्तालगायत रहनुभएको महासंघका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र प्याकुरेलले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले आगामी दिनमा स्थानीय तहको अधिकारका लागि केन्द्र सरकारसँग समन्वय गरेर काम गरिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा ४ सय गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षको सहभागिता थियो । यसअघि महासंघमा घनश्याम खतिवडा अध्यक्ष थिए । स्थानीय तहअन्तर्गत गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबाट मात्र कार्यसमिति चयन गर्ने गरिन्छ । नवनिर्वाचित कार्यसमितिको कार्यकाल पाँच वर्षको हुने छ ।(रासस)

प्रकाशित: १९ चैत्र २०७४ १३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App