coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य सेवा विभागको महानिर्देशक डा.लोहनी, महत्वपूर्ण महाशाखामा समेत हेरफेर

काठमाडौं- एक महिनादेखि रिक्त स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा डा.गुणराज लोहनी नियुक्त भएका छन्।

सोमबारको स्वास्थ्य राज्यमन्त्री स्तरीय निर्णयबाट एक महिनादेखि रिक्त पदमा लोहनीको नियुक्ती भएको हो। विभाग महानिर्देशक विहीन बन्दा औषधि तथा खोप खरिदलगायतका काम प्रभावित बनेको थियो।

आर्थिक अधिकारसहितको महानिर्देशक नभएपछि देशभर औषधि र खोपको हाहाकार हुने अवस्था आएको थियो। महानिर्देशक नियुक्त डा.लोहनी यसअघि स्वास्थ्य विमाका कार्यकारी निर्देशक थिए।

यसैगरी मन्त्रालय र विभाग अन्तर्गतका महत्वपूर्ण महाशाखाका निर्देशकहरुको समेत जिम्मेवारी हेरफेर भएको छ। जसअनुसार मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाको प्रमुखमा महेन्द्र श्रेष्ठलाई ल्याइएको छ। यसअघि महाशाखामा कार्यरत डा.श्रीकृष्ण गिरीलाई विमा निर्देशकको जिम्मेवारी दिइएको छ।

अर्को महत्वपूर्ण महाशाखा चिकित्सा सेवा महाशाखाका प्रमुख डा.भोलाराम श्रेष्ठलाई वीर अस्पतालमा सरुवा गरिएको छ। श्रेष्ठको ठाउँमा मन्त्रालयका अनुगमन मूल्यांकन तथा जनस्वास्थ्य प्रशासन महाशाखाका डा.दिपेन्द्ररमण सिंहलाई लगिएको छ। सिंहको ठाउँमा व्यवस्थापन महाशाखाका निर्देशक डा.भीमसिंह तिङकरीलाई लगिएको छ।

हिजोदेखि मात्रै रिक्त इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको जिम्मेवारी वीर अस्पतालका डा.केदार सिन्चुरीलाई दिइएको छ।

 

 

प्रकाशित: १९ चैत्र २०७४ १२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App