५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

सचिनको सबै तलब बिपन्न समुदायलार्इ

नयाँ दिल्ली- विश्व क्रिकेटका चर्चित हस्ती सचिन तेन्दुलकरले राज्यसभाबाट पाउने तलब बिपन्न समुदायलार्इ दिने भएका छन्। आउँदो अप्रिल २६ मा ६ बर्षे कार्यकाल सक्काउन लागेका सचिनले अहिलेसम्म तलब  लिएका छैनन्।

आइतबार भारतीय प्रधानमन्त्रीको कार्यालयद्धारा जारी वक्तब्यमा सचिनले राज्यसभाको सांसद रहँदा प्राप्त गर्ने सम्पूर्ण तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने भएकाे उल्लेख गरिएकाे छ। सचिनले कार्यकाल सकिएपछि एकमुष्ठ रकम हस्तान्तरण गर्नेछन्।

उनले राज्य सभाबाट पछिल्ला ६ वर्षमा पाउने तलब करिब ९० लाख भारतीय रूपैयाँ हुन आउँछ। प्रधानमन्त्री कार्यालयले वक्तब्यमा सचिनको यो सहयोगले बिपन्न समुदायका लागि ठूलो राहत मिल्ने विश्वास गरेकाे छ।

राज्यसभा सदस्यले मासिक ५० हजार भारतीय रुपैयाँ बाहेक ९० हजार रुपैयाँ सेवासुविधा स्वरुप प्राप्त गर्छन।

उता सचिनको कार्यालयले शिक्षा, स्वास्थ्य र संरचना निर्माणअन्तर्गत सचिनले देशका विभिन्न १८५ योजनाका लागि बार्षिक ७.४ करोड भारतीय रुपैयाँ सहयोग गर्दै आएको पनि बताएको छ।

प्रकाशित: १९ चैत्र २०७४ ११:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App