coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मृगौला पीडितलाई १ लाख सहयोग

दुबै मृर्गौला फेल भई उपचाररत दुर्गा खड्काको सहयोगार्थ चेक हस्तान्तरण गर्दै विद्यालयका प्रिन्सिपल कृष्ण उप्रेती सहितको समूह। तस्बिरः नागरिक

सिन्धुली – दुबै मृगौला फेल भई लामो समयदेखि उपचाररत रहेका एक विद्यार्थीलाई यहाँको भगवती अंग्रेजी आवासीय माध्यमिक विद्यालयले १ लाख एक रुपैयाँ आर्थिक सहयोग गरेको छ।

दुबै मृगौला फेल भई काठमाडौंमा उपचाररत भगवती अंग्रेजी आवसीय माध्यमिक विद्यालयका पूर्व विद्यार्थी दुर्गा खड्काको उपचारमा सहयोग पुर्याउने उद्देश्यले १ लाख १ रुपैयाँको चेक मृगौला पीडित खड्काका पिता दलबहादुर खड्कालाई हस्तान्तरण गरेको विद्यालयले जनाएको छ।

विद्यालयको भगवती आल्मुनाई नामक संस्थाले भगवती अंग्रेजी आवसीय माध्यमिक विद्यालयबाट यसै वर्ष एसइई परीक्षामा सामेल विद्यार्थीहरूलाई एक कार्यक्रमको आयोजना गरी संस्थामा स्वागत एवम् नयाँवर्ष २०७५ सालको शुभकामना आदान प्रदान गर्ने कार्यक्रममा उक्त रकम सहयोग गरेको हो।

संस्थाले उपचाररत खड्काको सहयोगका लागि विद्यालयका विद्यार्थी, शिक्षक, पूर्व विद्यार्थी र जिल्ला स्थित अन्य व्यक्तिहरूसँग सहयोग लिई जम्मा गरिएको रकमको चेक हस्तान्तरण गरिएको भगवती आल्मुनाइका सचिव बिबेक रम्तेलले जानकारी दिए।

संस्थाले सामाजिक क्षेत्रमा सधै उपस्थिति जनाइरहेको बताउँदै विद्यालयका प्रिन्सिपल कृष्ण उप्रेतीले आगामी दिनहरूमा पनि संस्थाले गरेको जस्तोसुकै कार्यमा पनि विद्यालयको तर्फबाट सहयोग पुर्याउने प्रतिवद्धता जनाए।

प्रकाशित: १९ चैत्र २०७४ ११:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App