coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

धिरेलको गोलमा संकटा विजयी

म्यान अफ दि म्याच ग्रहण गर्दै संकटाका सरोज दाहाल। तस्बिरः नागरिक

मोरङ – अफ्रिकन खेलाडी धिरेल तारेले अतिरिक्त समयमा गरेको गोलमा संकटा क्लबले आइतबार विराट गोल्ड कपमा केलकाताको मोहमदन स्पोर्टिङ क्लबलाई १–० ले  पराजित गरेको छ।

सहिद रंगशालामा शनिबार सम्पन्न खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयको १३औं मिनेटमा ग्याब्रियलले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिएको थियो । उक्त गोल नै संकटाको अघिल्लो चरण प्रवेशका लागि पर्याप्त बन्यो।

‘टोलीमा तालमेल अभाव देखिए पनि अन्तत सुखद नतिजा हात पार्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयौं।’

‘टोलीमा तालमेल अभाव देखिए पनि अन्तत सुखद नतिजा हात पार्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयौं,’ संकटाका प्रशिक्षक सल्यान खड्गीले भने, ‘खेल अवधिभर बल नियन्त्रणमा लिँदै गोलको अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा नतिजाका लागि अतिरिक्त समयको सहारा लिनुपर्यो।

आगामी खेलमा थप सुदृढ प्रदर्शन गर्नेमा विश्वस्त छाैं।’ ‘उत्कृष्ट प्रदर्शन गर्दै खेल अतिरिक्त समयसम्म लगे पनि केही मिनेट सम्हालिन नसक्दा नतिजा सुम्पन बाध्य भयाैं,’ मोहमदनका प्रशिक्षक  अनन्त घोषले भने, ‘पहिलो हाफको खेल ५०–५० थियो । दोस्रो हाफमा संकटा पूर्ण रूपमा हाबी भयो।’

खेलमा संकटाका सरोज दाहालले म्यान अफ दी म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ हात पारे । प्रतियोगितामा सोमबार आयोजक मोरङ–११ र झापा–११ बीच प्रतिस्पर्धा हुनेछ।

विराट गोल्ड कप प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा भारत, भुटान र नेपालका गरी १० टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल चैत २६ गते हुनेछ  । प्रतियोगिताको विजेताले १२ लाख ७१ हजार रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५ लाख ५१ हजार प्राप्त गर्नेछ।

त्यस्तै उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, मिडफिल्डर, रक्षक, फरवार्ड र सर्वाधिक गोल गर्ने खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद १० हजार रुपैयाँ हात पार्नेछ भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ।

प्रकाशित: १९ चैत्र २०७४ ०४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App