coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

महालक्ष्मीको लाभांश स्वीकृत

काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले सेयरधनीका लागि प्रस्ताव गरेको नौ प्रतिशत नगद लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ।

बैंक सञ्चालक समितिले आर्थिक वर्ष ०७३÷७४ को मुनाफासमेतबाट सेयरधनीलाई नौ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी उक्त निर्णय स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गरेको थियो ।उक्त लाभांश निकट भविष्यमा हुने वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।

महालक्ष्मी सबैभन्दा बढी चुक्ता पुँजी भएको विकास बैंक हो । यसको चुक्ता पुँजी दुई अर्ब ६३ करोड रुपैयाँ छ । फागुन मसान्तसम्ममा यसले २४ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ३७ करोड रुपयाँ कर्जा प्रवाह गरेको जनाएको छ । महालक्ष्मीले देशभरका ७१ शाखामार्फत सेवा दिइरहेको छ । यसको एटिएम संख्या ३५ पुगेको छ।
 

प्रकाशित: १९ चैत्र २०७४ ००:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App