‘राजनीतिक समस्याको हल अदालतले होइन मतदानले गर्छ’

आइतबार, १८ चैत २०७४, २१ : ४४ एजेन्सी

इश्लामावाद– पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अव्वासीले राजनीतिक मुद्दाको फैसला अदालतबाट नभै जनताले मतदानको माध्यमबाट गर्नुपर्ने बताएका छन्। पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफलाई सर्वोच्चले पदमा रहन अयोग्य रहेको ठहर गर्दै फैसला दिएको प्रसङ्गलाई लिएर अव्वासीको भनाई आएको हो। 

पूर्व प्रधानमन्त्री शरीफका परिवारद्वारा अवैध रूपमा ठूलो राशी समुद्रपारको व्यवसायमा लगाएको खुलासा पानामा पेपर्सले गरेपछि उनीमाथि पदीय मर्यादा विपरीत भ्रष्टाचार गरेको आरोप लागेको थियो। यसै प्रकरणमा उनले पदबाट राजिनामा दिएका थिए। 

‘मतदातालाई राजनीतिक निर्णय गर्न दिऊँ,’ अव्वासीले भने– ‘राजनीतिमा को दोषी को इमान्दार भन्ने बिषय जनताबाट आउने निर्णय हो तर अदालती निर्णय होइन।’ जनताले पिएमएल– एन लाई छिट्टै सम्पन्न हुने निर्वाचनले अत्यधिक मतका साथ सशक्त शक्तिका रूपमा उभ्याउने उनको विश्वास छ। 

अव्वासीको यो भनाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश मियाँ सादिक निसारसँगको भेटपछिको आफ्नो दलका समर्थकलाई गरेको सम्बोधनका क्रममा आएको हो। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad