अनियमितता गर्ने लेखापाल अख्तियारको फन्दामा

आइतबार, १८ चैत २०७४, २१ : २४ मेघराज तामाङ

संखुवासभा– खाँदबारी नगरपालिकामा रकम अनियमितता गर्ने लेखापाल पक्राउ परेका छन्। लेखापाल नवीन कुमार श्रेष्ठलाई नगरपालिकाको रकम अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रले पक्राउ गरेको हो।

महालेखा परीक्षकले नगरपालिकाको आर्थिक वर्ष २०७३/७४ को आर्थिक कारोवार अध्ययन गर्ने क्रममा पाँच करोड रकम बेरुजु औंल्याएको थियो। रकम बेरुजु देखिएपछि नगरपालिका ४ का कार्यबाहक अध्यक्ष श्याम प्रसाद निरौलाको संयोजकत्वमा तीन सदस्यीय समिति बनाई छानविन गरिरहेको थियो। छानविन समितिको अन्तिम प्रविवेदन आउनु अगावै श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा जिल्ला प्रहरी कार्यालय संखुवासभाले आइतबार पक्राउ गरेको हो।

महालेखा परीक्षकको परीक्षणको क्रममा पाँच करोड रुपैयाँ बेरुजु भेटिएको र एक करोड ३९ लाख रुपैँया रकम सम्बन्धित कर्मचारीबाट तत्काल दाखिला गर्न परीक्षकले निर्देशन दिएका थिए। बेरुजु देखिएको पाँच करोड रुपैयाँ मध्ये एक करोड ४९ लाख बाहेक अन्य रकम आयोजना र सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको रहेको खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमार निरौलाले बताएका थिए।

तत्काल रकम दाखिला गर्नुपर्ने रकममध्ये अन्य कर्मचारीको नाममा समेत बेरुजु देखिएको भएपनि लेखापाल श्रेष्ठले सवै अनियमितता आफैले गरेको स्वीकारेको र आफैले भुक्तानी गर्ने समेत बताएकाले श्रेष्ठ अनुसन्धानको घेरामा परेका थिए। श्रेष्ठलाई सोमबार आयोगमा बुझाइने संखुवासभा प्रहरीले जनाएको छ। 







यसमा तपाईको मत

अन्य समाचार

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

‘टिभिएस दसैंको दौड’मा सहभागी हुने मौका खुल्यो

‘टिभिएस दसैंको दौड’मा सहभागी हुने मौका खुल्यो

नेपालका लागि टिभिएस टू–ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आरम्भ गरेको उपभोक्तामुखी प्रवर्द्धन योजना टिभिएस दसैंको दौडले सबैलाई दौडमा निःशुल्क...

Ncell Footer Ad