coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आइभीएफ प्रविधिमार्फत सेतो गैँडा बचाइने,अस्तित्वमा दुर्इ पोथी मात्रै जिवित

केन्या - गत महिना ४५ वर्षको एकमात्र सेतो भाले गैँडा राइनो सुडानको मृत्यु भएसगै बिश्वबाटै सेतो गैँडाको अस्तित्व समाप्त हुने बहस चलिरहेकाे छ। दुर्इपटक सम्म शिकारीको प्रहारमा परेर समेत बाच्न सफल राइनाे सुडानको हड्डी सम्बन्धी रोगका कारण निधन भएको थियाे।

अब विश्वमा दुर्इटा पोथी सेता गैँडा मात्रै बाँकी छन, राइनाे सुडानकै २७ बर्षीय छोरी नाजिन र १७ बर्षीय नातिनी फ़ाटू।

हिजो शनिबार सुडानको स्मारक उद्धघाटन गर्ने क्रममा सरक्षणविद्हरुले आइ भी एफ प्रविधिको प्रयोग गरि सेतो गैँडाको अस्तित्व जोगाउने  बताएका छन्।

आइ भी एफ़ एउटा यस्तो प्रजनन प्रबिधि हो, जसमा औषधि र शल्याचिकित्साको प्रयोग गरि पोथी गैँडाको पाठेघरमा कृत्रिम गर्भाधान गराइन्छ। यो प्रबिधिको मानिसमा सफल प्रयाेग गरिसकिएको बैज्ञानिकहरु बताउँछन्।

केन्यामा सन् १९७० ताका २० हजार गैँडा रहेकोमा २० वर्षपछि सन १९९० मा शिकारका कारण ४ सयमा झरेको थियो भने हाल आएर २ सेतो गैँडासहित कुल गैँडाको संख्या ६ सय ५० रहेको छ।

२४ सै घण्टा उच्च सैनिक सुरक्षाका साथ तिनीहरुको संरक्षण गरिरहेको त्यहाँका सैनिक प्रमुखले बताएका छन्।

हाल विश्व बजारमा गैडाको खागको मूल्य प्रतिकेजी ५० हजार अमेरिकी डलर रहेकाले पनि यसको शिकारमा शिकारीहरु आकर्षित भएको पाइएको छ।

राइनाे सुडानको मृत्युसंगै केन्या सरकारले गैँडा शिकारमा संलग्न जो कसैलाई आजीवन कारावासको सजायँकाे कानून ल्याएकाे छ।

प्रकाशित: १८ चैत्र २०७४ १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App