coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बिना मगरलाई गृहनगरमा २१ किलोको माला

बेलौरी– गृहजिल्ला कञ्चनपुरको भ्रमणमा रहेकी खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरलाई बेलौरी नगरपालिकाले २१ किलोग्रामको माला लगाएको छ। नगरपालिकाको तर्फबाट २१ माग राख्दै २१ किलोको माला लगाइएको हो। नगरपालिकाको तर्फबाट नगर प्रमुख पोतिलाल चौधरीले मन्त्री मगरलाई २१ किलोको माला लगाएका थिए। 

जवाफमा स्थानीय मतदाताकै समर्थनले सिंहदरबारसम्म पुगेको बताउँदै मन्त्री मगरले नगरपालिकाले राखेका माग पूरा गर्न पहल गर्ने प्रतिबद्धता जनाइन। ‘२१ किलोको मालाले मलाई थप जिम्मेवारीबोध गराएको छ’, मन्त्री मगरले भनिन्।

नगरपालिकाले बुझाएको मागपत्रमा छोटी भन्सार बैशाखालाई आधुनिक सुविधासम्पन्न भन्सारको रुपमा विकास गर्नुपर्ने उल्लेख छ। नगरपालिकाभित्र रहेका तालतलैयालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरि रोजगारी सिर्जना गर्नुपर्ने, सबै बस्तीमा शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने, आरक्ष विस्थापितको समस्या समाधान गर्नुपर्ने, स्वरोजगार र जिविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका माग मन्त्री मगर समक्ष प्रस्तुत गरिएको छ।

द्वन्द्वका क्रममा दुबै पक्षबाट भएका सहिद तथा बेपत्ताका परिवारजनलाई सम्मान गर्ने कार्यक्रममा नगरपालिकाले मागपत्र पेश गरेको हो। कार्यक्रममा नगरपालिकाले सहिद तथा बेपत्ताका परिवारजनलाई साइकल वितरण गरेको छ।

प्रकाशित: १८ चैत्र २०७४ १२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App