coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

स्टेफन हकिङको अन्त्येष्टिमा किन बजाइयाे ७६ पटक चर्चको घण्टी ?

बेलायत- झण्डै दुई हप्ता अगाडि देह त्याग गरेका चर्चित वैज्ञानिक प्रा स्टेफन हकिङको शनिबार अत्येष्टि गरिएको छ। बेलायतको क्याम्ब्रीज विश्वविद्यालय नजिकै रहेको चर्चमा उनलाई अन्तिम श्रद्धान्जलि दिएर अन्त्येष्टि गरिएको हो। उनले त्यस विश्वविद्यालयमा झण्डै आधा दशक महत्वपूर्ण सेवा गरेका थिए।

निजी रुपमा गरिएको उनको अन्त्येष्टि समारोहमा उनका पारिवारिक सदस्य, साथी र समकक्षी गरी झण्डै पाँच सय जना सहभागी भएका थिए। उनका छोराछोरीहरु लक्की, रोबर्ट र टिमले निकालेको वक्तव्यमा उनप्रति श्रद्धान्जलि व्यक्त गरेकाेमा सबैलाई कृतज्ञता प्रकट गरिएको छ।

श्रद्धान्जलि समारोहमा उनका जीवनका ७६ बसन्तको स्मरण गर्दै चर्चका घन्टी ७६ पटक नै बजाइएकाे थियाे।

हकिङकै सिद्धान्तमा आधारित "द थेउरी अफ एभ्रीथिग" नामक चलचित्रमा उनको रुपमा अभिनय गरेका इड्डी रेडमिनले हकिङको जीवनगाथा पढेका थिए। परम्परागत शैलीमा देखा परेका ६ जना भरियाले हकिन्सको शबलाई काध हालेर चर्चा सम्म पुर्याएका थिए।

यही मार्च १४ का दिन उनको निधन भएपनि झण्डै दुई हप्तापछि उनको शनिबार अन्त्येष्टि गरिएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन्। १९४२ जनवरी ८ मा जन्मनु भएका चर्चित वैज्ञानिक एवं भौतिकशास्त्री हकिङको ७६ वर्षको उमेरमा निधन भएको हो।

१९६३ देखि मोटर न्युरोन नामक रोगबाट पीडित भएपछि उनलाई चिकित्सकहरुले दुई वर्ष मात्रै बाँच्ने बताएका थिए। शारीरिक अवस्था एकदम कमजोर भए पनि उनको विचारले विश्वलाई नयाँ बाटो देखाउन सफल भएको भन्दै उनलाई विश्वभरी नै उच्च सम्मानका साथ स्मरण गर्ने गरिन्छ।

प्रकाशित: १८ चैत्र २०७४ ११:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App