७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

कारको ठक्करले भवन भत्किदा दशको मृत्यु

नयाँदिल्ली – भारतको नयाँ दिल्लीमा चार तले भवन भत्किएर पुरिएकामध्ये कम्तीमा दश जनाको मृत्यु भएको छ। 

उक्त भवन कमजोर तरिकाले बनाइएको र सुरक्षा मापदण्डमा पनि ध्यान नदिइएकाले भत्किएको प्रहरी अधिकारीहरुले आइतबार बताएका छन्। सो भवन शनिबार राति भत्किएको हो। 

उद्धारकर्ताहरूले घटनामा पुरिएका कैयौं व्यक्तिलाई उद्धार गरेका थिए। घटनास्थलमा शनिबार राति ठूलो कोलाहल मच्चिएको थियो। 

“हामीले पुरिएका र च्यापिएका १२ जनालाई बाहिर निकालेका थियौँ, तीमध्ये दश जनाको मृत्यु भएको छ,” प्रहरी निरीक्षक सन्जु कम्लेले भने। 

एउटा कारले घरमा ठक्कर दिएपछि भवन भत्किएर दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमहरूले लेखेका छन्। 

हामीले अनुसन्धान शुरु गरेका छौं, अझ मानवीय क्षति नै भएपछि थप मर्माहत भएका छौँ काम्लेले थपे। 

उद्धारकर्ताहरूले दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा लगेका छन्। भारतमा बेला बेलामा भवन भत्किएर दुर्घटनाहरू भइरहेका हुन्छन्। 

गत वर्षको सेप्टेम्बरमा पनि मुम्बइमा ११७ वर्ष पुरानो अपार्टमेन्ट भत्किदा ३० जनाको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१३ मा आवासीय भवन भत्किदा ६० जनाको मृत्यु भएको थियो। 

प्रकाशित: १८ चैत्र २०७४ ११:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App