८ वैशाख २०८१ शनिबार
खेल

महेन्द्रनगर युनाइटेडको विजयी सुरुवात, विराटनगर ३३ रनले पराजित

कैलाली – धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) टि–२० क्रिकेटमा महेन्द्रनगर युनाइटेडले विजयी सुरुवात गरेको छ।

प्रतियोगिताअन्र्तगत आइतबार आजको दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडले विराटनगर किङ्सलाई ३३ रनले पराजित गरेको हो।
१ सय ६९ रनको लक्ष्य पछ्याएको विराटगर १९ अाेभरमा १३५ रनमा समेटियो। विराटनगरका लागि बाबर हयातले विस्पोटक ब्याटिङ गरेपनि १० बलमा ३२ रन जोड्दै आउट भए। त्यस्तै पृथु बास्कोटाले नटआउट सर्वाधिक ३५ रन, अनिल कुमार शाहले २३, पारस खड्काले १६,दिलिप नाथले १० रन बनाएपनि टोलीलाई जिताउन सकेनन्।  

महेन्द्रनगरका लागि अभिनास कर्णले ३,पुनित मेहरा, रोबिन क्षेत्री र भुवन कार्कीले २–२ तथा हरिशंकर शाहले १ विकेट लिए।
यसअघि धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले २० ओभरमा ५ विकेटको क्षतिमा १६८ रन बनाएकाे थियो।

महेन्द्रनगरका लागि पुनित मेहराले नटआउट ३८,बिनोद भण्डारीले ३५, पुनित बिष्टले २४, आरिफ शेखले २०,हरिशंकर शाहले १९ र रोहीत कुमार पौडेलले नटआउट ९ रनको योगदन दिए। विराटनगरका लागि मंजित श्रेष्टले २ तथा शुब्हाम कामत र कप्तान पारस खडकाले एक–एक विकेट लिए। खेलको म्यान अफ द म्याच महेन्द्रनगर युनाइटेडका पुनित मेहरा भए।

विराटनगर किङ्सको कप्तानमा पारस खड्का र महेन्द्रनगर युनाइटेडको कप्तानमा बिनोद भण्डारी हुन्। यसअघि आजको पहिलो खेलमा सिवाइसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

प्रकाशित: १८ चैत्र २०७४ १०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App