६ वैशाख २०८१ बिहीबार
राजनीति

राष्ट्रपति सपथ विवादमा सर्वोच्चले मगायो कागजात

काठमाडौं – सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश गोपाल पराजुलीको उमेर सम्बन्धी र राष्ट्रपतिले लिएको सपथ विवादमा कागजात मगाउने आदेश गरेको छ । सेवा अवधि सकिएका प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउनु गैरसंवैधानिक भन्ने विवादमा यस्तो आदेश गरेको हो।  

न्यायाधीश केदारप्रसाद चालिसको एकल इजलासले गोपाल पराजुली प्रधान न्यायाधीश नियुक्तिको लागि न्याय परिषद्ले गरेका सिफारिसको निर्णय र उमेर सम्बन्धी  यस अघि परिषदबाट भएको निर्णय झिकाउने आदेश गरेको हो। 

सर्वोच्चले पूर्व प्रधान न्यायाधीश पराजुलीले राष्ट्रपति कार्यालयमा चैत १ मा दिएको राजीनामा सम्बन्धमा राष्ट्रपति कार्यालयबाट भएको कारवाही पत्राचारको समेत जवाफ मागेको छ । न्याय परिषदले पराजुलीको सेवा अवधि सकिनु र राष्ट्रपतिले सपथ खानु फागुन ३० एकैदिनमा संयोग परेको थियो। 

अधिवक्ता हेममणी सुवेदीले सेवाबाट निवृत्त भैसकेका प्रधानन्यायाधीश पराजुलीबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ लिएको गैरसंवैधानिक भएको भन्दै रिट निवेदन दर्ता गरेका थिए । रिट निवेदक सुवेदीको निवेदन सर्वोच्चले दर्ता गर्न नमिल्ने भन्दै फिर्ता गरेको थियो । त्यसपछि सिधै इजलासमा दिएको निवेदनले उनको रिट दर्ता गर्ने बाटो खुलेको थियो। 

प्रकाशित: १८ चैत्र २०७४ १०:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App