किन बेहाल बन्दै छ जाजरकोट अस्पताल ?

आइतबार, १८ चैत २०७४, १५ : २२ नागरिक

 जाजरकोट – जिल्ला अस्पताल प्रमुख तथा डेन्टल सर्जन चाँदनी जैसवाल गत मंसिरदेखि स्वास्थ्य सेवा विभागमा काजमा गएको र त्यहीँबाटै विदेश भ्रमणमा रहेका कारण अस्पतालसहित प्रशासनिक कार्य पनि अस्तव्यस्त छ। 

अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा निसराज बस्नेत पनि बिना बिदा एक वर्षदेखि अमेरिका बस्दै आएका छन्। गत कात्तिकमा आएर जागिर जोगाएका उनको त्यस यता हाजिरी रजिष्ट्ररमा गायल जनाइएको छ। त्यस्तै मेडिकल अधिकृत डा कृष्णजंग शाह, मेडिकल अधिकृतहरू डा धर्मराज रेग्मी केशरजंग कार्की र डा सुनिल पुन पनि जिल्ला अस्पतालमा छैनन्। विभिन्न बहानामा जिल्ला छोडेका उनीहरू कोही व्यक्तिगत रुपमा, कोही एमडीको तयारीमा त केही तामिलमा छन्। 

यता जिल्ला अस्पताल भने करार सेवामा कार्यरत सिकारु डा अमिन शाहको भरमा चलिरहेको छ। पचास श्ययाको जिल्ला अस्पताल डा शाहले जेनतेन चलाइरहेका छन्। 

अस्पतालको प्रशासनिक प्रमुखको जिम्मेवारी पनि उनले चलाउनु पर्दा उपचारमा समेत बाधा पुगिरहे पनि यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन। अस्पताल प्रमुख नै नभएपछि चिकित्सकहरू आफू खुशी जिल्ला बाहिर हिँड्दा उपचार सेवा प्रभावित भएको स्थानीय बासिन्दाको गुनासो छ। 

प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीका अनुसार अस्पताल प्रमुख नहुँदा अस्पतालको प्रशासनिक कार्य अस्तव्यस्त र उपचार सेवा प्रभावित भएकाले काज फिर्ता गर्न पटकपटक ताकेता गरे पनि पहुँचको भरमा डा जैसवाल मन्त्रालयमा काजमा बस्दै आएका छन्। मैले पटकपटक काज फिर्ता गराउन ताकेता गरे तर सुनुवाइ नभएको चर्चा गर्दै उनी भन्छन्– “जिल्ला अस्पतालमा दरबन्दीमा कार्यरत कुनै पनि चिकित्सक जिल्लामा छैनन्। एकजना करारका चिकित्सकको भरमा जिल्ला अस्पताल चलिरहेको छ। एकजनाले २४ सै घण्टा उपचार गर्न कसरी भ्याउँछन्। निकै समस्या भइसक्यो।” 

जिल्ला अस्पतालमा मात्र होइन जिल्लाका ग्रामीण भेगमा रहेका तीन वटा प्राथमिक स्वास्थ्य केन्द्रसमेत चिकित्सकविहीन छन्। दल्ली, लिम्सा र गर्खाकोटमा कार्यरत मेडिकल अधिकृत विभिन्न बहानामा जिल्ला छोडेर गएपछि ती स्वास्थ्य संस्था चिकित्सकविहीन भएका हुन्। 

लिम्सामा कार्यरत डा सञ्जीवकिरण प्रधान, गर्खाकोटमा कार्यरत डा पवन शाक्य र दल्लीमा कार्यरत डा सञ्जयकुमार यादव र डा सञ्जय थापा एक महिनादेखि जिल्ला बाहिर गएका छन्। डा यादव जाजरकोटका प्रमुख जिल्ला अधिकारी शाहीले धम्क्याएको भन्दै जिल्ला छोडको बताइन्छ भने अन्य चिकित्सक एमडीको तयारीमा काठमाडौँ गएका हुन्। लामो समयपछि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक गएर उपचार सेवा दिन थालेपछि खुशी भएका स्थानीय बासिन्दा अहिले निराश छन्। 

अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र शाहले अस्पताल प्रमुख जैसवाललाई काजमा राखेर स्वास्थ्य विभागले नै अस्पताललाई अस्तव्यस्त पारेको प्रतिक्रिया दिन्छन्। 
उनले काजमा रहेका डा जैसवालको काज फिर्ता गर्न र अन्य चिकित्सकलाई पनि जिल्लामा नियमित बस्ने वातावरण मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्। 

छैन सिटामोल 

सरकारले ७२ प्रकारका औषधि निःशुल्क वितरण गरे पनि जिल्ला अस्पतालमा भने सामान्य औषधि पनि पाइँदैन। यहाँ सिटामोल र जीवनजलसमेत पाइन छाडेको सेवाग्राहीको गुनासो छ। 

बजेट अभावमा अस्पतालले समयमै औषधि खरिद गर्न नसक्दा एवं सरकारले निःशुल्क वितरण गरिने औषधि नपठाउँदा समस्या आएको हो। अहिले अस्पतालमा सिटामोल, जीवनजल, आइरन चक्की, ब्रोफिन, रेनिटेडिन, मेट्रो, एमोक्सिसिलीन, बुस्कोपान, कोर्टिन, भिटामिन बी कम्प्लेक्स, क्यामामिन लोसन, जिन्क ट्याब्लेट, पारासिटामोल, कफ सिरफ, आरएल क्योमक्स, अक्सिटोसन, जेन्टामाइस, फुस्रामाइट, सिप्रोलगायत अत्यावश्यक औषधिको अभाव छ । मौसम परवर्तनसँगै अस्पतालमा बिरामीको चाप बढ्दो छ तर निःशुल्क पाइने औषधिसमेत नपाइँदा सेवाग्राही मर्कामा छन्। 

अस्पतालमा प्रसुति सेवाका लागि गज, कटन, ग्लोब्सलगायतक सामग्री अभाव छ। भेरी नगरपालिकाले चालू आवमा औषधि खरिदका लागि बजेट नछुट्याउँदा यो समस्या भएको हो तर नगरपालिकाले भने २५ श्ययासम्मका अस्पतामा मात्र औषधि पुर्‍याउने आफ्नो क्षेत्राधिकार भएको तर यो अस्पताल ५० श्ययाको भएकाले बजेट छुट्याउन समस्या भएको जनाएको छ। 

दुई वर्षअघि १५ श्ययाको जिल्ला अस्पतालको स्तरोन्नति गरी ५० श्ययाको बनाइएपछि औषधि पाइन छाडेको हो। हेमन्त केसी/रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad