coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बीउ तथा अन्न भण्डारणका लागि मेटल बिन वितरण

नौकुण्ड गाउँपालिकाका कृषकलाई मेटल बिन बितरण गर्दै। तस्बिरः नागरिक

रसुवा – रसुवाको दुई वटा गाउँपालिकाका कृषकलाई बिउ तथा अन्न भण्डारणका लागि मेटल बिन वितरण गरिएको छ।

बीउ बिजन तथा अन्नलाई सुरक्षित रुपमा भण्डारण गर्नका लागि कृषि विकास कार्यालय रसुवाले ८२ जना कृषकलाई निशुल्क मेटल बिन वितरण गरिएको हो। गएको साउनमा आएको बाढी तथा पहिरोका कारण बीउ बिजन तथा अन्न गुमाएका कृषकलाई लक्षित गरि मेटल बिन वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय रसुवाले जनाएको छ।

बाढी पहिरो पीडितहरूको लागि राहत कार्यक्रम अन्र्तगत जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकाका २ सय ४० कृषकलाई मेटल बिन बितरण गर्ने कार्यक्रम रहेको बरिष्ठ कृषि विकास अधिकृत दिनेशबाबु तिवारीले बताए।

‘दुई वटा गाउँपालिकाका कृषकलाई मेटल बिन वितरण गरिसक्यौ, बरिष्ठ कृषि विकास अधिकृत तिवारीले भने, अब केही दिनमा नै कालिका गाउँपालिकाका कृषकलाई पनि वितरण गर्छौ ।’ नौकुण्डका ८२ र उत्तरगयाका ६६ कृषकलाई मेटल बिन वितरण गरिसकिएको उनले बताए।

प्रति मेटल बिन २८ हजार रुपयाँ परेको छ। उक्त बिनमा १९६ किलो अन्न तथा बीउ भण्डारण गर्ने सकिने कार्यालयले जनाएको छ। मेटल बिनको प्रयोगले किराहरू भित्रै जान नसक्ने र मुसाबाट छुटकरा पाइने भएकाले अन्न तथा बीउ संरक्षण हुने कार्यालयका प्राविधिक सहायक भिष्मबहादुर बस्नेतले बताए।

बाढी पहिरो पीडित राहत कार्यक्रम अन्र्तगत जिल्लाको चार स्थानमा बाली उपचार शिविर सञ्चालन, तोरीको बीउ वितरण, आकस्मिक बाली संरक्षण, भकारो सुधार कार्यक्रम, फलफूलको बिरुवा वितरण लगायतका कार्यक्रम सञ्चालन भइरहेको छ।

प्रकाशित: १८ चैत्र २०७४ ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App