८ वैशाख २०८१ शनिबार
कला

सुटिङ्ग अगावै अक्षयको फिल्मले कमायो २०० करोड

मुम्बई– अक्षय कुमार बलिउड फिल्म इण्डस्ट्रीका महान हस्तीका रुपमा स्थापित छन्। भर्खरै मात्र उनको एक आगामी फिल्मले सुटिङ्गअगावै २ सय करोड कमाउँदै लगानी असुल गरेको छ। 

सामान्यतया बलिउडमा थोरै मात्र फिल्मले १०० करोडको आँकडालाई पार गर्छन। तर अक्षयकुमारले भने यसपटक सुटिङ्ग अगावै २०० करोड कमाएर आफ्नो स्टारडम समेत प्रस्तुत गरेका छन्। 

प्रसंग हो हाउसफूल ४ को । केही महिनापछि सुटिङ्ग शुरु हुन लागेको उनको सिक्वेल फिल्म हाउसफ़ुल ४ ले सुटिङ्ग अगावै २०० करोड कमाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

साजिद नाडियाडवालाको कम्पनीले उत्पादन गर्न लागेको यो फिल्मलार्इ सुटिङ्ग अगावै फक्स स्टार इन्डियाले २०० सय करोडमा खरिद गरेको हो। यससँगै हाउसफ़ुल ४ ले बजार तताउने सबैले अनुमान गर्न थालेका छन्। 

साजिद नाडियाडवालाको कम्पनीले नै निर्माण गरेको टाइगर श्राफको बागी २ ले अहिले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाइरहेको छ।

प्रकाशित: १८ चैत्र २०७४ ०८:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App