७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

तस्बिरमा खड्काकाे अन्तिम श्रद्धाञ्जली (फोटो फिचर)

काठमाडौँ – काँग्रेस नेता खुमबहादुर खड्काको शव शनिबार राती नेपाल ल्याइएको छ।  अन्तिम विदाईका लागि पार्थिव शरीर सानेपास्थित उनको निवासमा राखिएको छ। 

उनलाई श्रद्धाञ्जली दिन काँग्रेस सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्ण सिटौला, डा शेखर कोइराला, डा प्रकाशशरण महत, डा मिनेन्द्र रिजाल, पूर्वमन्त्री दीपकुमार उपाध्याय लगायतका नेता तथा कार्यकर्ताहरु सानेपा पुगेका छन्।

खड्काको पार्थिव शरीर आइतबार बिहान ९ देखि १ बजेससम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने बताइए पनि उनका उनका छोरा अनुराग बेलायतबाट आउँदै गर्दा भारतबाट फ्लाइट छुटेपछि अन्तिम श्रद्धाञ्जलीको कार्यक्रममा फेरबदल भएको थियो। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेता खड्काको अन्तिम श्रद्धाञ्जलीका लागि आइतवार नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा ९ बजेबाट १ बजेसम्म राखिने तयारी भएको बताए पनि छोरा अनुराग आउन ढिलाइ भएपछि दिउँसो १ बजेमात्र कार्यक्रम सुरु हुने बताए। 

त्यसपछिमात्र केन्द्रीय समितिको बैठकले श्रद्धाञ्जली एवं शोक प्रस्ताव पारित गर्नेछ भने उनको अपराह्न तीन बजे पशुपतिमा दाहसंस्कार गरिनेछ । 

तस्बिर सबै दिपेन्द्र राेक्का

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App