coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नयाँ वर्षलाई स्वागत गर्दै बेलटारमा १ सय ६ ले गरे रक्तदान

रक्तदान गर्दै मेयर राई। तस्बिरः नागरिक

उदयपुर – उदयपुरको बेलटारमा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा सयभन्दा बढीले रक्तदान गरेका छन्। स्थानीय चौदण्डीगढी युवा क्लबले आउँदै गरेको नयाँ वर्ष ०७५ को स्वागत गर्दै आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राई (निर्मल) ले गरेका थिए।

आफैले रक्तदान गर्दै कार्यक्रमको उद्घाटन गरेका मेयर राईले युवा पुस्तालाई जागरुक र सक्रिय राख्दै समाज सेवामा क्रियासिल गराउने उदेश्यले क्लबलाई रक्तदान कार्यक्रम गर्न सहयोग गरेको बताए। उनले एक पिन्ट रगतको अभावमा मानवको ज्यान जाने खतराबाट बचाउन यस्ता कार्यक्रम निरन्तर गर्न पनि मेयर राईले युवाहरूलाई आग्रह गरे।

रक्तदान कार्यक्रम चौनपाको सहयोग र स्थानीय संयुक्त बस बुकिङ काउन्टरको साझेदारीमा बेलटारस्थित पुष्पलाल चौकमा बिहान १०ः०० देखि दिउँसो ४ः०० बजेसम्म सञ्चालन भएको थियो। कार्यक्रममा बिभिन्न क्षेत्रमा सम्बद्ध रानजीतिक दल, नागरिक समाज, कर्मचारी, सुरक्षाकर्मी, गैससकर्मीलगायत दर्जन बढी महिलासहित १ सय ६ जनाले रक्तादान गरेको आयोजक चौदण्डीगढी युवा समूहका अध्यक्ष सञ्जय राईले बताए।

अध्यक्ष राईका अनुसार संकलित रगत नेपाल रेडक्रस सोसाईटी शखा गाईघाटद्वारा सञ्चालित ब्लड बैंकको जिम्मा दिइएको छ। क्लबले आगामी नगरपालिकाको सहयोग निरन्तर रहेमा आगामी दिनमा पनि यस्तै सिर्जनसिल कार्यक्रम गर्ने जनाएको छ।

प्रकाशित: १८ चैत्र २०७४ ०६:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App