८ वैशाख २०८१ शनिबार
खेल

बेलकाे दुई गाेलमा रियल मड्रिड विजयी,बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको दिन शीर्ष स्थानको बार्सिलोना भने सेभियासँग बराबरीमा रोकिएको छ।  

शनिबार राति सम्पन्न खेलमा रियल मड्रिडले लास पाल्मासलाई ३–० ले हरायो। रियलको जितमा खेलको २६ र ५१ औं मिनेटमा गरी ग्यारेथ बेलले दुई तथा ३९ औं मिनेटमा करिम बेन्जेमाले गोल गरे। जितसँगै ३० खेलबाट ६३ अंक जोडदै रियल मड्रिड तेस्रो स्थानमा छ। रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १३ अंकले पछि छ।

त्यस्तै रातिनै सम्पन्न अर्को खेलमा बार्सिलोना सेभियाले बराबरीमा रोकियो। खेलको ८७ औं मिनेटसम्म २ गोलको अग्रता लिएको सेभियाले ८० सेकेन्डको बीचमा २ गोल खाएको थियो।

सेभियाको घरेलु मैदानमा भएको खेलमा फ्राङ्को भाज्क्वेजले ३६ र लुइस मुरियलले ५० औं मिनेटमा गोल गरेका थिए। बार्सिलोनाका लागि ८८ औं मिनेटमा लियोनल मेस्सी र ८९ औं मिनेटमा लुइस स्वारेजले गोल गरे। बराबरीसँगै बार्सिलोनाको ७६ अंक छ भने सेभिया ४६ अंकसहित छैटौं स्थानमा छ।

प्रकाशित: १८ चैत्र २०७४ ०६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App