७ वैशाख २०८१ शुक्रबार
अन्य

ए. सी. खरिद गाइड | गाइड

जाडो महिना र गर्मी महिना, जस्तो सुकै मौसम होस् ए.सी. घरका लागि महत्वपूर्ण छ। यहि एक उपकरण गर्मीमा कोठा चिसो बनाउन र जाडोमा कोठा न्यानो बनाउन काम लाग्छ। बजारमा विभिन्न थरिका ब्राण्डले विभिन्न थरिका ए.सीहरु बिक्रि वितरण गर्दछन् । पूर्वज्ञान नभएको खण्डमा कुन ब्राण्डको कस्तो ए.सी खरिद गर्ने भन्ने कुराको सहि उत्तर पाउन जटिल हुन्छ। यहि जटिलता हटाउनका लागि हामीले ए। सी। खरिद गर्दा ख्याल गर्नु पर्ने सम्पूर्ण कुराहरुको जानकारी तल दिएका छौ: 

 

ए.सी. का प्रकारहरु:

 

१. विन्डो ए. सी:

                           

                                              

विन्डो ए. सी. अर्थात् झ्यालमा राखिने, घरमा सबैभन्दा बढी प्रयोग हुने ए. सी. हो । यसलाई कोठाको झ्यालमा फिट गरिन्छ । यो फिट गर्न धेरै सजिलो हुन्छ र अन्य ए. सी.को तुलनामा धेरै सस्तो पनि हुन्छ । सिधा बाहिर हावा फ्याक्न मिल्ने झ्याल भएका र साना कोठाहरुको लागि यो एकदमै उपयुक्त छ । तर यस्ता ए. सी.हरु प्रयोगमा आउदा अलि बढी आवाज निकाल्ने गर्छन ।

घरमा झ्याल धेरै भएमा र तपाईको बजेट कम भएमा यो ए. सी. फिट गर्नु उचित हुन्छ । तर यदि तपाईलाई अति-शान्त वातावरण चाहिएको छ भने यो ठीक नहुन सक्छ, स्प्लीट ए. सी. उचित हुन्छ ।

 

२. स्प्लीट ए. सी.

                                

स्प्लीट ए. सी. कोठाको झ्यालको सट्टा कोठाको भित्तामा फिट गरिन्छ । यो हेर्दामा विन्डो ए. सी. भन्दा राम्रो हुन्छ र कोठाको लागि समग्रमा सुहाउँदो हुन्छ । यो ए. सी. शान्त हुन्छ – यसले प्रयोग हुदाँ आवाज निकाल्दैन । यसले विन्डो ए. सी.को तुलनामा कोठा चाडो चिसो बनाउछ । खरिद गर्दा यो विन्डो ए. सी. भन्दा महँगो हुन्छ ।

यदि तपाईलाई पूर्ण-शान्त कोठा चाहिएको छ र तपाईसँग पर्याप्त बजेट छ भने यो ए.सी. फिट गर्नु राम्रो ठहरिन्छ । घरको कोठामा बाहिरी भागसंग हावा संचालन हुने झ्याल छैन भने चाहिँ यो ए. सी. नै फिट गर्नु पर्ने हुन्छ ।

 

३. पोर्टेबल ए. सी.

   

आफू संगै बोकेर जता पनि लैजान मिल्ने र जुन कुनै ठाउँमा पनि प्रयोग गर्न मिल्ने ए. सी. लाई पोर्टबल ए.सी भनिन्छ । यो ए. सी. अन्यको तुलनामा धेरै साना हुन्छन र कतिपय यस्ता ए सी हरु ब्याट्रीबाट चल्छन । यदि कोठामा अन्य किसिमका ए. सी. फिट गर्न सम्भव छैन भने पनि यो ए. सी. राख्ने गरिन्छ । पोर्टेबल ए.सी. अन्य ए.सी. भन्दा महँगो हुन्छ । घरमा माथि उल्लेखित कुनै पनि ए. सी. फिट गर्न मिलेन भने चाहिँ यो अन्तिम उपाय स्वरूप यो ए.सी. खरिद गर्नु उचित हुन्छ । डेरामा बस्नेका लागि पनि यो धेरै उपयोगी हुन्छ ।

 

ए. सी. को क्षमता

 

ए. सी. खरिद गर्दा सबैभन्दा ध्यान दिनु पर्ने कुरा नै ए. सी.को क्षमता हो । सानो कोठाको लागि थोरै क्षमता भएको ए. सी. लिनु राम्रो हुन्छ भने ठूलो र फराकिलो कोठाको लागि धेरै क्षमता कै ए.सी.को आवश्यक पर्छ । ए. सी.को क्षमता टनमा मापन गरिन्छ । धेरै क्षमता भएको ए. सी. लाई महँगो पर्छ भने थोरै भएको लाई अलिक सस्तो पर्न जान्छ ।

कोठा आवश्यक पर्ने ए. सी.को क्षमता नेपाली बजारमा मूल्य (लगभग)
९० वर्ग फूट   १ टन ६० हजार
११० वर्ग फूट १.२ टन देखि १.४ टन ८० हजार
१५० वर्ग फूट १.५ टन १ लाख १० हजार
२०० वर्ग फूट १.६ टन देखि २ टन १ लाख ३० हजार
२०० बर्ग फूट भन्दा माथि थप ए. सी.को प्रयोग गर्नु पर्ने हुन्छ  

 

 

उर्जा खपतमा कुशल

कुनै पनि ए. सी. खरिद गर्दा सो ए. सी. मा इनर्जी स्टारको स्टिकर छ कि छैन जाँच गर्नुपर्छ । इनर्जी स्टारको चिन्ह भएको ए. सी.ले ४०% सम्म उर्जा बचत गर्न सक्छ । ए. सी.को उर्जा कुशलताको रेटिंग भने १ स्टार देखि ५ स्टारमा गरिन्छ । इनर्जी स्टार नै नभएको ए. सी. चाहिँ उर्जा खपतमा कुशल छैनन् भन्ने बुझिन्छ । इनर्जी स्टार अनुसार ए. सी.को उर्जा बचत यस प्रकार रहेको छ:

इनर्जी स्टार वार्षिक उर्जा बचत (%)
५ – १० %
★★

१२ - १५ %

★★★

१५ - २० %

★★★★ २० - २५ %
★★★★★

३० – ३५ %

 

 

अन्य कुराहरु:

 

१. इन्भर्टर प्रविधि छ?

इन्भर्टर प्रविधि जडान भएको ए. सी. ले निरन्तर रुपमा एकनास तापक्रममा कोठालाई चिसो बनाउन सक्छ । यस्तो किसिमको ए. सी.को कम्प्रेसरमा धेरै लोड नपर्ने भएकाले यस्तो प्रविधि भएको ए.सीको प्रयोग आयु धेरै हुन्छ । यस्तो किसिमको ए. सीले अन्यले भन्दा धेरै चाडो कोठालाई चिसो बनाउन सक्छ । यस्तो ए. सी. प्रयोगको क्रममा पनि पूर्ण-शान्त हुन्छ । यस्तो ए. सी.मा उर्जा कुशलता पनि राम्रो हुन्छ – यस प्रकारको ए. सी.ले थोरै उर्जा खपत गर्छ । यो प्रविधि जडान भएको ए.सी.को मूल्य बढी भए तापनि खरिद गर्दा इन्भर्टर प्रविधि जडान गरिएको ए. सी. खरिद गर्नु अति उचित हुन्छ ।

 

२. स्लीप मोड छ?

स्लीप मोड भएको ए. सीले शयनको समयमा बिस्तारै तापक्रम बढाउदै लान्छ । यसले राम्रो निद्रा दिलाउछ र उर्जा पनि बचत हुन्छ । ए. सी. खरिद गर्दा स्लीप मोड भएको ए. सी. खरिद गर्नु धेरै राम्रो हुन्छ ।

 

३. क्वाइल कुन धातुले बनेको छ?

ए. सी.मा हुने क्वाइल थुप्रै किसिमका धातुले बनेका हुन्छन । यी मध्ये सबैभन्दा उचित चाहिँ तामाले बनेको क्वाइल हो । अन्यभन्दा केहि महँगो भए पनि तामाको क्वाइल भएको ए. सी. धेरै टिकाउ हुन्छ ।

 

४. जाडोमा प्रयोग गर्न मिल्छ?

आजभोलिका अधिकतम ए. सी.हरु जाडोमा हिटरको रुपमा प्रयोग गर्न मिल्छ । ए. सी. खरिद गर्नु अगाडी नै ए. सी.मा तताउने प्रविधि छ छैन बुझेर खरिद गर्नु पर्छ ।

प्रकाशित: १८ चैत्र २०७४ ०५:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App