coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सिटीको उपाधि यात्रा थप मजबुत

काठमाडौं – इङलिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेष्टर सिटीले एर्भटनलाई ३–१ ले पराजित गर्दै उपाधि यात्रा थप सहज पारेको छ। 

प्रतियोगिताअन्र्तगत शनिबार राति एभर्टनको मैदान गुडिसन पार्कमा सम्पन्न खेलमा सिटीलाई विजयी गराउन चौथो मिनेटमा लेरोई साने, १२ औं मिनेटमा ग्याब्रियल जिसस र ३७ औं मिनेटमा डेविड सिल्भाले गोल गरे। पराजित टोलीका लागि ६३ औं मिनेटमा बोलासीले एक सान्त्वना गोल फर्काए।

जितसँगै सिटीले ३१ खेलबाट ८४ अंक जोडदै तालिकामा १६ अंकको अग्रता कायम गरेको छ। अर्को साता घरेलु मैदानमा हुने म्यान्चेष्टर डर्बीमा जित निकालेमा सिटीले उपाधि जित्नेछ।

प्रकाशित: १८ चैत्र २०७४ ०५:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App