७ वैशाख २०८१ शुक्रबार
समाज

अष्ट्रेलिया र क्यानडा सरकारको लोगो दुरुपयोग गरी नेपाली ठगी

काठमाडौं– द वर्ल्ड एण्ड मेमोरियल एजुकेशनल कन्सल्टेन्सीको वेब साइट झट्ट हेर्दा लाग्छ यसले अष्ट्रेलिया र क्यानडा सरकारको अनुमतिमा नेपाली युवालाई विदेश पठाउन सहयोग गर्छ।

उसको साइटमा अष्ट्रेलिया सरकारको शिक्षा तथा तालिम विभागको मान्यता पाएका विश्व बिद्यालयका थुप्रै लोगो देखिन्छन्। यस्तै क्यानडा सरकारको श्रम बजार मूल्यांकन अन्र्तगतको नाम समेत कन्सल्टेन्सीको साइट डिस्प्ले छ।

फेसबुक पेजमा समेत क्यानडाका लागि आएका अफर र उडेका मान्छेका बिषयमा जानकारीको मज्जाले प्रचार गरिरहेको छ। राष्ट्रिय दैनिकमा मौसम अनुसार कन्सल्टेन्सीले राम्रै विज्ञापन गरिरहेको छ।

कन्सल्टेन्सीको साइटमै कागजपत्र प्रक्रियामा रहेका ३८ जनाको नाम छ। यस्तै क्यानडा सरकारको श्रम बजार मूल्यांकनमा परेका २८ जनाको नामै उल्लेख छ। बसुन्धरास्थित  कार्यालयले समेत धेरैलाई भ्रममा पार्छ। फेसबुक पेजमा समेत क्यानडाका लागि आएका अफर र उडेका मान्छेका बिषयमा जानकारीको मज्जाले प्रचार गरिरहेको छ। राष्ट्रिय दैनिकमा मौसम अनुसार कन्सल्टेन्सीले राम्रै विज्ञापन गरिरहेको छ।

महानगरीय अपराध महाशाखाले सोमबार यसै कन्सल्टेन्सीका संचालक युवक राईलाई कंलकीबाट पक्राउ गर्‍यो। कसुर थियो क्यानडा पठाइदिन्छु भन्दै लाखौं रकम ठगी। महाशाखाका अनुसार राईले मे ११, २०१६ मा केही नेपाली युवालाई फिलिपिन्ससम्म पुर्‍याएर अलपत्र पारेका थिए। फर्किएर आएका युवाको जाहेरीका आधारमा प्रहरीले दोस्रो पटक राईलाई पक्रेको थियो।

‘कुनै विदेशी नियोग र सरकारसँग सम्पर्कसम्म छैन, विशुद्ध ठगी प्रपञ्चका लागि सबै गरिएको हो,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने। उनका अनुसार यसअघि समेत यस्तै प्रकारको ठगीमा पक्राउ परेका राईले यसपटक दर्जनौ युवाबाट करौडौं असुलेको अनुमान महाशाखाको छ।  एसएसपी खनालले थपे ‘अहिलेसम्म १२ जनाको निवेदन आएको छ, संख्या बढछ।’

महाशाखाका अनुसार कन्सलटेन्सीबाट क्यानडामा एग्रीकल्चरको काममा मासिक दुईलाख १० हजार तलबमा पठाईदिने भन्दै राईले पैसा उठाएका थिए। यसका लागि राईले विभिन्न दैनिक पत्रपत्रिकामा विज्ञापन गरे। प्रचारका लागि सामाजिक सञ्जाल र वेब साइट प्रयोग गरे।

महाशाखामा परेको निवेदनअनुसार पीडितलाई १६ देखि २० लाख खर्च लाग्ने भन्दै आश्वस्त बनाएका राईले ढकेन्द्र निरौलाबाट मात्रै १३ लाख असुलेका थिए। यस्तै  सुजन श्रेष्ठ, तीर्थलाल श्रेष्ठ, सुदर्शन थापा, टंक तामाङ, शम्भु घिमिरे र अनिल कुमार लामा समेतबाट करिब १५ लाख थप राईले असुलेको प्रारम्भिक अनुसन्धानमा देखिन्छ।

राईले विश्वासमा लिएका मध्ये ढकेन्द्र निरौलालाई नेपालमा रहेका राजु ढकालमार्फत नक्कली भिषा समेतका डकुमेन्टहरु तयार गर्न लगाई मे ११ मा  फिलिपिन्समा बोलाएर एउटा होटलमा अलपत्र पारेका थिए। जेनतेन फिलिपिन्सबाट फर्किएर आएका निरौलाले दिएको जाहेरीपछि अनुसन्धनमा राईको असली धन्दा बाहिर आएको हो।

‘खोई कसरी यस्ता ठगको विश्वासमा पढेलेखेका युवा फस्छन हामी समेत अचम्ममा पछौं, कन्सल्टेन्सीको नाममा विदेश पठाउने आश्वासन ठगीको प्रारम्भ बिन्दु हो,’ एसएसपी खनालले भने।

प्रकाशित: ७ भाद्र २०७३ १५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App