डिसेम्बरमा रणवीर–दीपिका विवाह ?

आइतबार, १८ चैत २०७४, १० : ३५ एजेन्सी

मुम्बई – ५ वर्षदेखि मिडियासँग लुकी छिपी प्रेम गर्दै आएका रनवीर सिंह र दीपिका पादुकोन अन्ततः विवाह बन्धनमा बाँधिने भएका छन् । दुवैले यही वर्षमा विवाह गर्ने खबर पहिलेदेखि चल्दै आएको भए पनि दुवैले यस विषयमा मौनता साँध्दै आएका थिए । 

मुम्बई मिररलाई उद्धृत गर्दै अन्य भारतीय समाचार माध्यमले रणवीर र दीपिकाका बाबु आमाले सेप्टेम्बर र डिसेम्बरको बीचमा विवाह मिति निकाल्ने प्रयास गरिरहेको बताएका छन् । यसमा लागि उनीहरूले यो दुई महिनाबीचका चार दिन छानेको पनि समाचारमा दाबी गरिएको छ । 

दीपिकाले विवाहका लागि किनमेल थालेको पनि ती समाचारले दाबी गरेका छन्। मिररले लेखेको छ, ‘हिन्दू विवाह विधि अनुसार एकदमै गोप्य रुपमा विवाह हुनेछ । विवाहमा दुवैतर्फका एकदमै नजिकका आफन्त र साथी मात्र सहभागी हुनेछन्। विवाहपछिको रिसेप्सन पार्टीका बारेमा भने दुवैले अहिलेसम्म छलफल टुंग्याइसकेका छैनन्।’ 

बलिउड कलाकारको विवाहको लुगा कसले डिजाइन गर्ने भन्ने कुरामा पनि धेरैको चासो रहन्छ । स्रोतका अनुसार विवाहको मितिसँगै डिजाइनर पनि को राख्ने भन्ने दुवैले निर्णय लिइसकेका छैनन्।

इन्डिया टुडेसँगको कुराकानीमा विवाह रणवीरले विवाह आफ्नो रुचिमा रहेको प्रतिक्रिया दिएका छन् । रणवीर र दीपिकाको अफेयर ‘राम लिला’बाट ५ वर्षअघि सुरु भएको थियो । बीचमा ब्रेकअपको खबर आए पनि केही समयपछि दुवैलाई सँगै अँगालोमा जिस्किँदै गरेको देखिएको थियो। 

रणवी र दीपिकाले सँगै ‘बाजीराव मस्तानी’ र ‘पद्यावत’मा काम गरेका थिए । दीपिका कपुर रणवीरसँगको ब्रेकअपपछि सिंहसँग ठोक्किएकी थिइन् भने सिंहले अनुष्का शर्मालाई छाडेर दीपिकालाई अँगालेका थिए। 








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad