१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ओलम्पिकमा खेलाडी पठाउने प्रतिबद्धता

बेइजिङ – अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अध्यक्ष थोमस बाचले उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले टोकियो र बेइजिङ ओलम्पिकमा खेलाडी पठाउने प्रतिबद्धता व्यक्त गरेको जनाएका छन्।

बाचले उनसमक्ष सन् २०२० मा जापानमा हुने ओलम्पिकमा उत्तर कोरिया र दक्षिण कोरियालाई संयुक्त मार्चपास र संयुक्त टोली पठाउने प्रस्ताव राखेको समेत बताए।

गत महिना दक्षिण कोरियामा भएको शीतकालीन ओलम्पिकमा दुई कोरियाली टोलीले उद्घाटन समारोहमा संयुक्त मार्चपास गर्नुका साथै महिला आइस हक्कीको समेत संयुक्त टोली तयार पारेका थिए । बाचले उनसँगको भेट सौहार्दपूर्ण वातावरणमा भएको भन्दै वार्तामा गरिएका प्रतिबद्धता र प्रस्ताव उपलब्धिमूलक हुने आशा व्यक्त गरे।

‘उनले सन् २०२० को टोकियो ओलम्पिक र सन् २०२२ मा चीनमा हुने शीतकालीन ओलम्पिकका साथै युथ ओलम्पिकमा पनि उत्तर कोरियाली टोली पठाउने प्रतिबद्धता जनाएका छन्,’ बाचले भने, ‘उनको प्रतिबद्धता पूर्ण रूपमा पालना हुनेमा हामी आशावादी छाैं ।
बाचले उत्तर कोरियाको खेलकुद विकास र अन्तर्राष्ट्रिय स्तरमा महिला फुटबल टोलीको सहभागिताका लागि सहयोग गर्न आइओसी तयार रहेको समेत बताए।

प्रकाशित: १८ चैत्र २०७४ ०४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App