coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

श्रीमतीको हत्या गर्ने पक्राउ

काठमाडौं – श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले प्रकाश तामाङलाई पक्राउ गरेको छ।

एक महिनादेखि नैकापस्थित दिदीको घरमा बस्दै आएकी नुवाकोट बेलकोट गढीकी २३ वर्षिया रमिता तामाङको अपरिचित व्यक्तिको छुराप्रहारबाट मृत्यु भएको थियो। हत्यारा खोजी गर्ने क्रममा प्रहरीले मृतकका श्रीमान् प्रकाशलाई पक्राउ गरेको हो। पक्राउ परेका प्रकाशले आफूले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

मृतक रमिता र प्रकाशबीचमा ६ वर्ष पहिले विवाह भएकोमा  पछिल्लो समय उनीहरुको सम्बन्धमा मनमुटाव भएको प्रहरीले जनाएको छ। दुवै जनाले एक अर्का प्रति शंका गर्ने र भेट हुनासाथ झगडा गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

दुवै जनाबीचको विवाद बढेर पारपाचुकेको कुरा निस्किएपछि हत्यामा संलग्न प्रकाशले ०७३ मा बिष सेवन गरी अस्पताल भर्ना भएको प्रहरीले जनाएको छ। एक महिनाअघि दुई जनाको बीचमा विवाद भएपछि मृतक रमिता एक महिना अघिदेखि आफ्नी दिदी शर्मिला गुरूङको कोठामा गएको पक्राउ परेका प्रकाशले बताएको प्रहरीको भनाइ छ।

श्रीमतीलाई पटक–पटक घरमा जान आग्रह गर्दा पनि नमानेको र  शुक्रबार दिउँसो श्रीमती भेट्न नैकाप पुग्दा दुवै जनाबीच विवाद भएपछि प्रकाशले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। दुवै जनाबीच विवाद बढेपछि प्रकाशले घरको भान्साबाट फलामको धारिलो छुरी ल्याई श्रीमतीको कोख, पेट र ढाडमा प्रहार गरेको प्रहरी समक्ष स्वीकार गरेको प्रहरीले जनाएको छ।

श्रीमतीको हत्या गरे लगत्तै उनी  कलंकीबाट धादिङको महादेव बेसी चल्ने लोकल गाडिमा महादेव बेसी गएका थिए। त्यहाँ उनले हातमा लागेको रगत खोलामा पखाली गाउँमा चल्ने सामान बोक्ने आईचर गाडीबाट आफ्नो ठूली आमाको घर धादिङ गोगनेपानी गएका थिए। उनलाई पछ्याइरहेको प्रहरीले शनिबार बिहान अमर तामाङको घरमा लुकेर बसेको अवस्थामा गोगनपानीबाट पक्राउ गरेको थियो।

काठमाडौंमा लुटपाट गर्ने समूह पक्राउप्रहरीले काठमाडौंमा चल्ने सार्वजनिक यातायात, भीडभाड तथा एकान्त ठाउँमा पाकेट मार्ने तथा लुटपाट गर्ने समूहलाई पक्राउ गरेको छ।

बिहीबार बिहान काठमाडौंको सुकेधारास्थित राजधानी पेट्रोल पम्पअगाडी पैदल हिँडी रहेका कृष्णनाथ योगीलाई लुटेर भाग्दै गरेका उनीहरुलाई महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनीहरुले योगीलाई कुटपिट गरी साथमा रहेको २० हजार रुपैयाँ लुटेका थिए। योगीले तत्कालै प्रहरीलाई खबर गरेपछि  प्रहरीले विभिन्न स्थानमा चेक प्वाइन्ट खडा गरी चेक जाँच गरेको थियो।

उनीहरुलाई पछ्याउने क्रममा प्रहरीले महाराजगंज भाटभटेनी सुपर मार्केट नजिकैबाट तीन जनालाई पक्राउ गरेको हो। उनीहरुमाथि शंका लागेपछि प्रहरीले उनीहरुलाई प्रहरी वृत्तमा लगेर सोधपूछ गरेको थियो। सोधपूछका क्रममा उनीहरुले गल्ती स्वीकार गरेको र उनीहरुको साथबाट चोरी गरेको रकम समेत बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौं दक्षिणकालीका रामबहादुर तामाङ, सिन्धुपाल्चोकका असलमान तामाङ र रामेछाप मन्थलीका राजकुमार माझी रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई बिहीबार जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

क्यानडा पठाउने भन्दै भारतमा अलपत्र पार्ने पक्राउ क्यानडाको मल्टिपल भिसा लगाई क्लिनिङ र क्याटरिङको काममा पठाउने भन्दै पैसा असुली भारतमा अलपत्र पार्ने एक जनालाई सिआइबीले पक्राउ गरेको छ।

बारा जितपुरका सिंहप्रताप बस्नेतलाई सिआइबीले बिहीबार काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको हो। उनले क्यानडा पठाउने भन्दै पीडितबाट पैसासमेत लिई पटक–पटक भारतको विभिन्न स्थानमा पु-याएर अलपत्र पार्ने गरेको सिआइबीले जनाएको छ।

प्रहरीले सिंह यती एयरलाइन्सको प्रशासन विभागमा जुनियर सहायक समेत रहेको जनाएको छ्। पक्राउ परेका सिंहलाई जिल्ला अदालत काठमाडौंबाट मानव वेचविखन तथा ओसारपसार मुद्दामा पाँच दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ चैत्र २०७४ ०१:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App