coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भूपू सैनिक सम्मेलन सम्पन्न

काठमाडौं – उपत्यका पृतनाअन्तर्गत काठमाडौैं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाको भूपू सैनिक सम्मेलन २०७४  सैनिक मञ्च टुँडिखेलमा सम्पन्न भएको छ। शनिबार सुरु भएको एक दिने सम्मेलनमा बोल्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले अवकाशप्राप्त सैनिकहरुको अवकाशपछिको जीवनमा थप ऊर्जा ल्याउन र आपसमा भेटघाट गर्न यस्तो सम्मेलनको आयोजना गरिएको बताए। प्रधानसेनापति क्षत्रीले बहालवाला, अवकाशप्राप्त तथा आश्रित परिवारलाई सहयोग तथा सुविधा दिन सरकारसँग समन्वय गरिरहेको बताए। यसका लागि कार्यक्रम स्वीकृति लिई अगाडी बढ्ने नीति अवलम्बन गरिएको क्षत्रीले बताए।

नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको सम्मेलनमा पाँच जिल्लाका करिब १८ हजार भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारको उपस्थिति रहेको थियो।

सम्मेलनमा नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका २५ जना ऋणीहरुलाई चेक हस्तान्तरण गरियो। सम्मेलनमा उत्कृष्ट २ व्यवसायीलाई प्रशंसा पत्र तथा पुरस्कार वितरण गरिएको थियो। त्यस्तै, अशक्त भूतपूर्व सैनिक र अशक्त परिवारलाई २५ वटा ह्विलचेयर वितरण गरिएको थियो। कार्यक्रममा भूतपूर्व सैनिकको परिवारमध्येका ज्येष्ठ महिलालाई अभिनन्दन पनि गरिएको थियो।

प्रकाशित: १८ चैत्र २०७४ ०१:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App