८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अब ताज महल ३ घण्टा मात्रै घुम्न पाइने

नयाँ दिल्ली – भारतको सबैभन्दा बढी पर्यटकको भ्रमण हुने क्षेत्र ताज महलमा ३ घन्टे प्रवेशाज्ञाको तयारी गरिएको छ। युनेस्को बिश्व सम्पदामा सूचीकृत यो सम्पदा विश्वका सात मानव निर्मित आश्चर्य अन्तर्गत पर्दछ।

दैनिक ५० हजार पर्यटकले भ्रमण गर्ने यो सम्पदामा बढ्दो चापलाई ध्यान दिदै एक पर्यटकलाई ३ घण्टा मात्रै भ्रमण अनुमतिको तयारी गरिएको हो। हाल एकपटक प्रबेश गरेपछि दिनभर भ्रमण गर्न पाइन्छ।

दैनिक रुपमा पर्यटकहरुको चाप बढिरहँदा ताजमहल क्षेत्रमा दुर्घटना बद्न सक्ने भन्दै यसो गर्न लागिएको पुरातत्वबिद् एवं ताजमहलका प्रबक्ता डिएन दिम्रीले बताएका छन्। यद्यपी ताज महल क्षेत्रमा यतिञ्जेल मानव चापका कारण कुनै अप्रिय घटना भने घटेको छैन। 

१७औ शताब्दीमा मुगल सम्राट सार जाहले आफ्नी तेस्रो श्रीमती मुम्ताज महलको यादमा बनाएको यो सम्पदा सन १६४८ मा निर्माण सम्पन्न भएको हो।

यहि अप्रिल १ गते बाट लागु हुने यो ब्यबस्थाले टाढाबाट आउने पर्यटकलाई भने असर नगर्ने पनि प्रबक्ता दिम्रीले स्पस्ट पारेका छन्। उनका अनुसार टाढाबाट आउने पर्यटकलार्इ भने नियमले असर गर्ने छैन, प्रवेशमा तीन घण्टा समय तोकिएपनि एकपटकमा कति पर्यटकलाई प्रवेश दिने भनेर कुनै संख्या तकोएको छैन्।

प्रकाशित: १७ चैत्र २०७४ ११:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App