coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जनप्रतिनिधिबाटै पत्रकारमाथि आक्रमणको प्रयास

ललितपुर – ललितपुरको गोदावरी नपा–८ डुकुछापमा निर्वाचित जनप्रतिनिधिबाट पत्रकार माथि आक्रमणको प्रयास भएको छ।

शनिबार रिर्पोटिङका क्रममा डुकुछापमा रहेको दनुवार बस्तीमा जाँदै गरेका नागरिककर्मी शिवहरि घिमिरे र दैनिकीन्युज डटकमका पत्रकार रामहरि कार्कीलाई वडाध्यक्ष सुकबहादुर लामा लगायत अवैध बालुवा खानी सञ्चालकको टोलीले धम्क्याउँदै हातपातको प्रयास गरेको थियो।

आफूहरुमाथि आक्रमण हुन लागेपछि पत्रकार घिमिरेले तुरुन्तै महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी गणेश ऐरलाई जानकारी गराएका थिए।  त्यस लगत्तै असई कृष्णबहादुर सिटौला नेतृत्वको टोली त्यहाँ पुगेको थियो। प्रहरीले भैंसेपार्टीसम्म सुरक्षा दिइ आफूहरुलाई पुर्याएको पत्रकार कार्कीले बताए। उनले भने, ‘वडाध्यक्ष लामाले डुकुछापमा नगरपालिकाकसँग समेत अनुमति नलिएर अवैध रुपमा सञ्चालन गरेको साइनिङ बालुवा वासिङ सेन्टरबाट अगाडि गएपछि लामाका तीन जना मानिसले मोटरसाइकलमा पिछा गरे।

फोटो खिच्न थालेपछि उनीहरुले हामी माथि आक्रमणको प्रयास गरे तर हामी बस्तीमा गयौं र बच्न सफल भयौं।’ प्रहरीको स्कटिङमा पनि वडाध्यक्ष लामा र दिनेश लामालगायतले आफूहरुमाथि आक्रमणको प्रयास गरेको उनले बताए। उनले बा २ प ८२७७, बा ८० प १२०७, बा ६४ प ५७९६ को मोटरसाइकलमा पिछा गरेको जानकारी दिए। बालुवा खानीको फोटो खिच्न थालेपछि आक्रमणको प्रयास गरेका थिए। प्रहरीको स्कटिङमा पनि वडाअध्यक्ष लामासहितको दिनेश लामा, संजय अधिकारी लगायतले पछ्याइरहेका थिए।

प्रकाशित: १७ चैत्र २०७४ ११:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App