डीपीएल क्रिकेट

काठमाडौंद्वारा धनगढी ७ विकेटले पराजित, अमितले बनाए नटआउट ८१ रन

शनिबार, १७ चैत २०७४, १६ : ५६ नागरिक

धनगढी – धनगढीमा शनिबार (आज) बाट सुरु भएको धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेट प्रतियोगितामा काठमाडौं गोल्डेन्सले विजयी शुरुवात गरेको छ। धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा सम्पन्न खेलमा काठमाडौं गोल्डेन्सले टिम चौराह धनगढीलाई ७ विकेटले पराजित गरेको हो।

टिम चौराहले दिएको १४६ रनको मध्यम लक्ष्य काठमाडौंले २० ओभरमा ३  विकेट गुमाउदै पूरा गर्यो। काठमाडौंका लागि अमित श्रेष्ठले नटआउट सर्वाधिक ८१ रनको योगदान दिए। अमितले ६५ बलको सामना गर्दै ९ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै नरेश बुढाएरले नटआउट २४ र जयकिशन कोल्सावालाले १६, रन बनाए। टिम चौराहका लागि सम्शेद शेखले २ तथा सुनिल धमलाले १ विकेट लिए। अमित खेलकाे म्यान अफ दि म्याच भए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको टिम चौराह धनगढीले २० ओभरमा ६ विकेट गुमाउदै १४५ रन बनाएको थियो। उसका लागि सुनिल धमलाले पहिलो खेलमै अर्धसतक प्रहार गरेका छन्। सुनिलले ५७ बलको सामना गर्दै ८ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ६८ रन बनाए। त्यस्तै शंकर रानाले ३१ बलमा ३६,पुनित मिश्रले ९ रन बनाए।

काठमाडौंका लागि सहाब आलमले ३ तथा रशिद खान,सन्नी पटेल र शन्नी पटेलले एक–एक विकेट लिए। सुरुवातमा निकै राम्रो खेल खेलेको धनगढीले अन्तयतिर भने लगातार विकेट गुमाएको थियो। काठमाडौंका सहाब आलमले १७ औं ओभरको तेस्रो,चौथो र पाँचौ बलमा लगातार विकेट लिदै ह्याटिक लिन सफल भएका थिए।

टिम धनगढीका कप्तान सोमपाल कामी हुन् भने राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले काठमाडौं गोल्डेन्सको नेतृत्व गरिरहेका छन्। चैत ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन्। त्यस्तै तेस्रो हुने टोलीलाई ३ र चौथो हुने टोलीलाई २ लाख रुपैयाँ दिइने आयोजकले जनाएको छ।








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad