७ वैशाख २०८१ शुक्रबार
अर्थ

एक सातामा करिब दुई अर्बको कारोबार

काठमाडौँ – धितोपत्र बजारमा यस साता रु एक अर्ब ८८ करोड ९९ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ। 

नेपाल स्टक एक्चेन्जकाअनुसार यस साता कूल १८० कम्पनीको ५८ लाख ९५ हजार ३० कित्ता शेयर खरिद बिक्री भएका थिए। 

कारोबार रकम गत साताको भन्दा ९ दशमलव ८५ प्रतिशत बढी हो। गत साता १७३ कम्पनीको ४६ लाख दुई हजार ६३० कित्ता शेयर रु एक अर्ब ७२ करोड पाँच लाख २८ हजार बराबरको शेयर कारोबार भएको थियो। 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५१ दशमलव ७४ अंकले बढेर अन्तिम दिन १२२० दशमलव २९ अंकमा पुगेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव २३ अंकले बढेर २६० दशमलव ८८ अंकमा आइपुगेको छ। 

यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ। सो कम्पनीको रु १९ करोड ४४ लाख १० हजार बराबरको शेयर कारोबार भएको थियो। 

यस्तै कारोबार भएको शेयर संख्याका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ। सो बैंकको दुई लाख ५६ हजार कित्ता शेयर कारोबार भएको थियो। यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन। 

यस्तै यससाता एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, एभरेष्ट इन्स्योरेन्स कम्पनी, माछापुच्छ्रे बैंक र स्ट्यान्र्डड चार्टर्ड लिमिटेडको बोनस शेयर सूचीकृत भएका छन्। 

प्रकाशित: १७ चैत्र २०७४ १०:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App