७ वैशाख २०८१ शुक्रबार
समाज

तामाको अचार खाँदा २ जनाको मृत्यु

पाँचथर– तामाको अचार हामी मिठो मानी–मानी खान्छौँ। विभिन्न  जातको बाँसको तामा भाँचेर अमिलो अचार बनाई स्वादिलो मानेर खाने चलन छ। तर मंगलबार यही तामाको अचार खाँदा पाँचथरको नागिनमा २ जनाको ज्यान गएको छ।  

प्रहरीका अनुसार भालुवासको तामा अचार बनाएर खाँदा दुई वालवालिकाको मृत्यु भएको हो। प्रहरीका अनुसार नागिन गाविस–३ कात्तिकेका दुर्गा राईका छोराछोरीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको जानकारी अनुसार ८ वर्षीया सरिता राई र ७ वर्षीय सन्तोष राईको मृत्यु भएको हो। बिहानको खाना खाने समयमा अचार खाएलगत्तै उनीहरु विरामी भएको परिवारले जानकारी दिएको पाँचथरका प्रहरी प्रमुख डिएसपी कृष्ण प्रसाद कोइरालाका बताए। सन्तोषको अचार खाएको केही समयमा नै मृत्यु भएको र सरितलाई उपचारका लागि नजिकको क्लनिकमा पु¥याउने क्रममा मृत्यु भएको जानकारी गराइएको छ। सन्तोषको खाएको २५ मिनेटमै मृत्यु भएको जानकारी गराइएको छ।

घटनाको सूचना पाएपछि प्रहरी टोली नागिन पुगेर अनुसन्धान थालेको छ। उनीहरुलाई पोसमार्टमका लागि जिल्ला अस्पताल पाँचथर ल्याउने तयारी भएको छ। पोर्समार्टम र फरेन्सि टेष्ट पछिमात्र तामामा कस्तो विष भएको हो भन्ने खुल्ने कोइरालाले बताए। परम्परादेखि कलिलो तामा भाँचेर विभिन्न मसला राखेर अचार बनाएर खाने चलन छ। परिवारका अरुले खाए नखाएको खुल्न सकेको छैन।

तामा खाएर नै मृत्यु भएको घटना खासै सुन्नमा नआएको बुढापाकाहरु बताउँछन्।

 

प्रकाशित: ७ भाद्र २०७३ १२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App