७ वैशाख २०८१ शुक्रबार
खेल

धनगढीले दियो काठमाडौंलाई १४६ रनको लक्ष्य, सुनिलको अर्धशतक

धनगढी – धनगढीमा शनिबार (आज) बाट सुरु भएको धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेट प्रतियोगितामा टिम चौराह धनगढीले काठमाडौं गोल्डेन्ससामु जितका लागि १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको टिम चौराहले २० ओभरमा ६ विकेट गुमाउदै १४५ रन बनाएको हो। उसका लागि सुनिल धमलाले पहिलो खेलमै अर्धसतक प्रहार गरेका छन्। सुनिलले ५७ बलको सामना गर्दै ८ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ६८ रन बनाए। त्यस्तै शंकर रानाले ३१ बलमा ३६,राजु रिजालले १० र पुनित मिश्रले ९ रन बनाए।

काठमाडौंका लागि सहाब आलमले ३ तथा रशिद खान,सन्नी पटेल र शन्नी पटेलले एक–एक विकेट लिए। सुरुवातमा निकै राम्रो खेल खेलेको धनगढीले अन्तयतिर भने लगातार विकेट गुमाएको थियो। काठमाडौंका सहाब आलमले १७ औं ओभरको तेस्रो,चौंथो र पाँचौं बलमा लगातार विकेट लिदै ह्याटिक लिन सफल भएका थिए।

१४६ रनको विजयी लक्ष्य सहित अबको केही बेरमा काठमाडौं मैदान प्रवेश गर्नेछ।

टिम धनगढीका कप्तान सोमपाल कामी हुन् भने राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले काठमाडौं गोल्डेन्सको नेतृत्व गरिरहेका छन्। चैत ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन्। त्यस्तै तेस्रो हुने टोलीलाई ३ र चौथो हुने टोलीलाई २ लाख रुपैयाँ दिइने आयोजकले जनाएको छ।

प्रकाशित: १७ चैत्र २०७४ ०८:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App