coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जनता सामु पुग्यो अदालत

जिल्ला अदालतले खोटाङ बजारमा गरेको न्यायिक संवाद कार्यक्रममा सहभागी। तस्बिरः नागरिक


खोटाङ – न्यायिक प्रकृयामा नागरिकको पहुँच वृद्धिका लागि जिल्ला अदालत खोटाङले खोटेहाङ गाउँपालिकामा न्यायिक सार्वजनीक संवाद कार्यक्रम गरेको छ।

गाउँ–गाउँ र जनजनसम्म पहुँच वृद्धिका लागि जिल्ला अदालतले खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा शनिबार न्यायिक सार्वजनीक संवाद गरेको हो। न्यायपालिकाले सम्पादन गर्ने कार्य तथा न्याय सम्पादन प्रकृयालाई जनमानससम्म पुर्याउनका लागि सदरमुकाम बाहिर सार्वजनीक संवाद गरिएको जिल्ला अदालतका श्रेस्तेदार प्रदीपकुमार उपाध्ययले बताए।

हरेक वर्ष तीन–तीन महिनामा चार पटक सार्वजनीक संवाद गर्नुपर्ने कार्यक्रम अन्र्तगत अदालतले खोटेहाङमा न्यायिक सार्वजनीक संवाद गरिएको हो। गाउँपालिकाको प्राङगणमा आयोजना गरिएको कार्यक्रममा जिल्ला अदालतले प्रदान गर्ने विशेष सेवा अन्र्तगत बाल इजलास सेवा, मेलमिलाप सेवा, असमर्थपक्षका लागि निशुल्क वैतनीक कानुन व्यवसायीको सेवा, एक घण्टे सेवा लगायतका विषयमा जानकारी दिइएको छ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, महिला, स्थानीय लगायतको सहभागिता रहेको थियो। सहभागीले हिंसा, बलात्कार, गुण्डागर्दी, अंश, बहुविवाह लगायतका न्यायिक प्रकृयाका विषयमा जिल्ला न्यायाधीश किशोर घिमिरे समक्ष जिज्ञासा राखेका थिए। ‘विना प्रमाण अदालतले फैसला गर्न सक्दैन,’ जिल्ला न्यायाधीश घिमिरेले भने, ‘प्रमाण नपुगे ज्यान मरेको मुद्धामा पनि अदालतले कही गर्न सक्दैन।’

प्रकाशित: १७ चैत्र २०७४ ०६:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App