पीडकलाई दण्ड तथा पीडितलाई क्षतिपूर्ति माग

शनिबार, १७ चैत २०७४, १० : ३६ नागरिक

काठमाडौं – महिलाविरुद्धको हिंसालाई दण्डनीय गरी पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रबार साँझ आयोजना गरेको अन्तक्र्रियामा हिंसा न्यूनीकरणका लागि संविधानको मौलिक हकसम्बन्धी प्रावधानका आधारमा सशक्त कानून निर्माण गर्न जोड दिइयो।

सांसद कृष्णभक्त पोखरेलले संविधानमा महिला अधिकार तथा सहभागिताको सुनिश्चितता गरिए पनि उनीहरुविरुद्ध अझै पनि शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिकलगायत हिंसा हुने गरेकामा चिन्ता व्यक्त गर्दै कडाभन्दा कडा कानून निर्माण गर्नुपर्नेमा जोड दिए।

मन्त्रालयका सहसचिव राधिका अर्यालले दण्डहीनताका कारण समाजमा अहिले पनि बोक्सीको आरोपमा दिउँसै महिला कुटिने अवस्था रहेको बताउँदै छलफलमा विज्ञबाट आएका सुझावका आधारमा कानून निर्माण गरी चाँडो संसद्मा मस्यौदा पठाइने जानकारी दिइन्।

महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले पीडितले स्थानीय तह, प्रहरी र अदालतमा उजुरी गर्न नसक्दा न्याय पाउने अवस्था नरहेको बताउँदै घटनामा संलग्न अपराधी, मतियार तथा मूकदर्शकलाई समेत दण्डको व्यवस्था गर्नुपर्नेमा जोड दिए। पीडकले क्षतिपूर्ति भर्न नसकेमा राज्यले उत्तरदायित्व बहन गर्ने गरी कानून बनाउन उनले सुझाव दिए । आगामी असोजभित्र अनिवार्य रुपमा कानून बनाउनुपर्ने बाध्यता रहेको बताइएको छ। रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

रारामा टेलिकमको फोरजी सेवा

रारामा टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...

वर्ल्डलिंकको अफर

वर्ल्डलिंकको अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...

Ncell Footer Ad