coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लुटेराको आक्रमणबाट ३२ गाउँलेको मृत्यु

लागोस- नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र जाम्फारामा सशस्त्र लुटेराको एक समूहको आक्रमणमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको नाइजेरियाली अधिकारीले जनाएका छन्।

अङ्काको स्थानीय प्रशासन प्रमुख मुस्तफा गाडाले घटनाको पुष्टि गर्दै भने मृतक गाउँलेको अन्तेष्टि गरिएको बताए । मृत्यु हुनेमा केही महिला तथा बालबालिकासमेत रहेका उनले बताए।

उक्तस्थान वरपर गाउँलेका थप मृत शरीर रहेको हुनसक्ने विश्वासमा खोजी जारी राखिएको छ, उनले भने ।घटनास्थलमा सुरक्षाकर्मीको ठूलो फौज तैनाद गरिएपछि लुटेराहरू गाउँबाट भागेका गाडोले बताए।

सन् २०१८ को खेती लगाउने समयसँगै हुनसक्ने लुटेराको आक्रमणलाई प्रतिकार गर्ने योजना बनाउन स्थानीय बवन दाजी गाउँमा भेला भएका गाउँलेहरूमाथि नै लुटेरा समूहले बिहीबार आक्रमण गरेको सुरक्षा स्रोतले बताएको छ ।लुटेराले आक्रमण गर्नु पहिले गाउँमा कुनै खेतीजन्य गतिविधि हुनेछैन भनी चेतावनी दिएका बाँच्न सफल केही स्थानीय नाइजेरियालीले बताए।रासस

प्रकाशित: १७ चैत्र २०७४ ०३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App