५ वैशाख २०८१ बुधबार
खेल

त्रिभुवन आर्मी च्याम्पियन

काठमाडौं – नेपाली सेनाको आयोजनामा शुक्रबार मुस्ताङमा सम्पन्न प्रधान सेनापति हाई अल्टिच्युट ट्राई एड्भेन्चर प्रतियोगिताको उपाधि आयोजक सेनाको त्रिभुवन आर्मी क्लब ‘बी’ ले जितेको छ।
 
आर्मीका तीन र सशस्त्र प्रहरी बलको एपिएफका दुई तथा अन्य १० गरी कुल १५ टोलीको सहभागिता रहेको प्रतियोगितामा  १ सय मिटर क्लाइम्बिङ, ४.७५ किलोमिटर दौड र १५.५० किलोमिटर साइक्लिङ समावेश थियो। 

प्रतियोगितामा आर्मी ‘ए’ दोस्रो हुँदा एपिएफको टिम ‘ए’ तेस्रो भयो। प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ पाउँदा उपविजेताले ३० तथा तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गरे। विजेतालाई नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले पुरस्कृत गरे।

प्रकाशित: १७ चैत्र २०७४ ०१:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App