coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आठौं उपाधि लक्ष्यमा आर्मी

सर्लाही – नेपाल आर्मी र सुदूर पश्चिम ११ फुटबल क्लब शनिबार बाग्मतीमा एक–अर्काविरुद्ध मैदान उत्रिँदा दुवैको लक्ष्य दोस्रो राजर्षी जनक कप फूटबल प्रतियोगिताको उपाधि जित्नु हुनेछ। 

शनिबारको फाइनलमा स्थान सुरक्षित गर्ने क्रममा विभागीय टोली आर्मीले सर्लाही–११ र काठमाडौंको सरस्वती युवा क्लबलाई निराश पारेको थियो भने सुदूर पश्चिमले जावलाखेल युथ क्लब र ब्वाइज युनियनलाई पराजित गरेको थियो। 

गतवर्ष प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा लक्ष्मी हुन्डाई मनाङ मर्सयाङदी क्लबसँग पराजित भएपछि आर्मी उपाधिबाट विमूख भएको थियो। यसपाली गतवर्षको त्यो पीडामा मलम लगाउँदै यो वर्ष उपाधि संख्या आठ पु¥याउनु आर्मीको लक्ष्य हुनेछ। उता सुदूर पश्चिम भने यसपाली भएका दुई अन्य गोल्ड कपको सेमिफाइनलमा आर्मीसँग सेमिफाइनलमा टाई–ब्रेकरमा भोगेको हारको बदला लिन चाहन्छ। 

‘हाँमी गतवर्ष जसरी निरास भएर फर्कने पक्षमा छैनौं’, आर्मीका प्रशिक्षक नवीन न्यौपानेले नागरिकसँग भने, ‘यसपटकको राजर्षी जनक कपमाप हिलो रोजाईका खेलाडी भएकाले हाम्रो तालमेल राम्रो छ। हाम्रो टिम यसपाली अन्य प्रतियोगिताहरुमा पनि राम्रो लयमा छ। त्यसैले यहाँबाट उपाधि जितेर जानेमा विश्वस्त छौं। गतवर्ष पहिलो रोजाईका खेलाडी खेलकै सिलसिलामा विदेशमा थिए। यसपाली हामी बलियो छौं।’

आर्मीबाट राष्ट्रिय टिमका स्ट्राइकर भरत खवास एवं नवयुग श्रेष्ठसहित जर्ज प्रिन्स कार्की र गोलकिपर विकेश कुथु मैदान उत्रदैछन्। बिहीबार सेमिफाइनलमा घुँडामा चोट लागेपछि २१औं मिनेटमा मैदान छोडेका कप्तान भरत शनिबार उपलब्ध हुने विषय टुंगो लागिनसकेको प्रशिक्षक न्यौपानेले बताए। सुदूर पश्चिम पनि बलियो टिम रहेको स्विकार्दै न्यौपानेले सोही अनुसारको तयारी गरेको बताए। 

राष्ट्रिय टिमका खेलाडी नभए पनि सुदूर पश्चिम अफ्रिकी मुलका स्ट्राइकर एरोनाको बलमा आर्मीलाई निराश पार्ने योजनामा छ। टोलीमा दुई अफ्रिकी खेलाडी भए पनि अर्का स्ट्राइकर अब्दुल दुई पहेलो कार्डका कारण फाइनललाई प्रतिबन्धित छन्। 
आर्मीसँग बदला लिने योजनामा अब्दुलको प्रतिबन्ध र कप्तान चेतन थारु घाइते भएकाले समस्या रहेको प्रशिक्षक सुरेश हमालले स्विकारे। 

‘दुई मुख्य खेलाडी उपलब्ध नहुने भए पनि हामी उच्च मनोबलका साथ टिम मिलाएर मैदान उत्रन्छौं’, हमालले दावी गरे, ‘नतिजा पनि आफ्नै पक्षमा पार्छौं।’  प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ३ लाख हात पार्नेछ।

प्रकाशित: १७ चैत्र २०७४ ०१:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App