संसद्मा बिदा कटौतीको विरोध

शनिबार, १७ चैत २०७४, ०७ : ०५ नागरिक

काठमाडौं – प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले सरकारले सार्वजनिक बिदा कटौती गरेको विषयमा विरोध जनाएका छन्। सांसद दिलेन्द्रप्रसाद बडुले फागुन ७ गते प्रजातन्त्र दिवसमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरिएकोमा आपत्ति जनाएका छन्। उनले यसलाई षड्यन्त्रपूर्वक हटाइएको बताए। 

सांसद अनिलकुमार झाले सरकारले छठ पर्वको बिदा कटौती गरेकोमा आपत्ति व्यक्त गरे। उनले गजेन्द्रनारायण सिंहले छठ पर्वमा सार्वजनिक बिदा दिनुपर्ने भन्दै कडा संघर्ष गरेर स्थापित गराएको बताए। 

सांसद दुर्गा पौडेलले प्रवासी नेपालीलाई मताधिकारको व्यवस्था राखेर कानुन निर्माण गर्नुपर्ने बताइन्। सांसद गजेन्द्रबहादुर महतले निर्वाचन क्षेत्र विकासको रकम ३ करोडबाट बढाएर १० करोडपु¥याउनुपर्ने बताए।

सांसद प्रेम सुवाल राष्ट्रपतिको सवारी हुँदा सडक अस्तव्यस्त हुने गरेको भन्दै यस्ता आधारभूत कुरामा ध्यान दिन सरकारसँग माग गरे। 

राष्ट्रियसभा सांसदहरूले महिला हिंसा र बलात्कारका घटना नियन्त्रण गर्न नसकिएको बताएका छन्। सांसद विमला गौतमले अहिले पनि समाजमा बलात्कारका घटना बढिरहेकोबताइन्। यस्ता घटना नियन्त्रण गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने उनले बताइन्।

सांसद विन्दा राना आलेले महिला हिंसा मौलाइरहेको अवस्था रहेकाले कसरी अन्त्य गर्न सकिन्छ भन्नेबारे सरकारले उचित ध्यान दिनुपर्ने बताइन्। सांसद चक्रप्रसाद स्नेहीले जनता आवास कार्यक्रमअनुसार लालपूर्जा नदिएकालाई लालपूर्जा दिनुपर्ने बताए। काठमाडौं उपत्यकाभित्र जातीय विभेद बढिरहेको भन्दै दलितले कोठा पाउनै कठिन भएको उनले बताए।




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad