coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राष्ट्रसंघको सहयोग निरन्तर रहने

काठमाडौं – नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले नेपाल सरकारलाई सहयोग निरन्तर जारी रहने जनाएको छ। सरकारको स्वीकृति नलिई राष्ट्रसंघले नेपालको राजनीतिक विषयमा गरिरहेको अनुसन्धानका बारेमा समाचारमा प्रकाशित भएपछि प्रतिक्रिया दिँदै राष्ट्रसंघीय कार्यालय विज्ञप्ति जारी गरेको हो।

‘सञ्चारमाध्यममा प्रकाशित पछिल्ला समाचारका सन्दर्भमा संयुक्त राष्ट्रसंघले नेपाल सरकारलाई सहयोग गरिरहने कुरा दोहो¥याउन चाहन्छ’, विज्ञप्तिमा उल्लेख छ, ‘संविधानमा उल्लिखित शान्त र समृद्घ संघीय नेपालको साझा उद्देश्य तथा सन् २०३० को दिगो विकास लक्ष्य प्राप्तिका लागि संयुक्त राष्ट्रसंघ सरकारसँग निकट रही परामर्श र सहकार्यद्वारा योजना तर्जुमा तथा विकासका कार्यक्रम कार्यान्वयन गर्दछ।’

नेपाल संयुक्त राष्ट्रसंघको एउटा सम्मानित सदस्य भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘शान्ति, सुरक्षा, मानवअधिकार तथा दिगो विकास लक्ष्यसँग सम्बन्धित विश्व चुनौतीको सामना गर्ने सन्दर्भमा सरकारसँगको लामो र विश्वासपूर्ण सहकार्यको संयुक्त राष्ट्रसंघ उच्च मूल्यांकन गर्दछ।’

प्रकाशित: १७ चैत्र २०७४ ०१:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App