coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तामाङ किबोर्ड सार्वजनिक

काठमाडौं – प्रविधिमार्फत तामाङ भाषा संरक्षण गर्ने उद्देश्यले ‘तामाङ किबोर्ड’ मोबाइल एप्स विकास गरिएको छ। एन्ड्रोइड मोबाइल प्रयोगकर्ता लक्षित उक्त एप्स शुक्रबार प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले सार्वजनिक गरे।

भाषाविद् अमृत योन्जन तामाङको अगुवाइ र काठमाडौं विश्वविद्यालयका प्राध्यापक बालकृष्ण बलको सहयोगमा भिक्टरप्रसाद सापकोटाले तामाङ किबोर्ड विकास गरेका हुन्। सेन्ट जेभियर्स कलेजमा बिएससी सिएसआइटी अध्ययनरत सापकोटाले इन्टर्नसीपकै क्रममा मोबाइल एप्स विकास गर्न सफल भएको बताए।

‘तामाङ भाषाका कतिपय शब्दावली देवानगरीमा मिल्दैन,’ भाषाविद् योन्जनले भने, ‘तामाङ शब्द टाइप गर्न सहज हुने गरी छुट्टै किबोर्ड विकास गरिएको हो।’ देवानगरी लिपिमै भए पनि ‘नुप्ता’ प्रयोग गरी तामाङ लवजका शब्द टाइप गर्न सकिने उनले बताए । ‘देवानगरी सबैले बुझ्ने भएकाले हामीले यसबाट सुरुवात गरेका हौं। निकट भविष्यमा तामयिक र साम्भोटा लिपिमा पनि किबोर्ड विकास गर्ने योजना छ,’ उनले भने।

सांसद तामाङले सबैलाई सहज हुने लिपिमार्फत भाषाको संरक्षण गर्नुपर्ने बताए। प्रविधिको माध्यमबाट भाषा जोगाउन थालिएको अभियान प्रशंसानीय रहेको उनले बताए। 

भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले तामाङ भाषाको बृहत्तर विकास र संरक्षणमा यसले सहयोग गर्ने बताए। नेपाल सरकारका पूर्वसचिव धनबहादुर तामाङले विभिन्न भाषा मुलुकको सम्पत्ति भएकाले यसको संरक्षणमा सबैले पहल गर्नुपर्ने बताए।

प्रकाशित: १७ चैत्र २०७४ ००:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App