भूमि सुधार मन्त्री सुब्बालाई बर्खास्त गर्न माग

मङ्गलबार, ०७ असार २०७३, १८ : ३४

काठमाडौं–अनेरास्ववियु (क्रान्तिकारी) ले भूमि सुधार मन्त्री रामकुमार सुब्बालाई बर्खास्त गर्न माग गरेको छ। मुलुकको राष्ट्रिय एकताकालागि राजसंस्था अपरिहार्य रहेकोले राजा पुर्नस्थापित गर्न आफू मन्त्री पद त्याग्न तयार रहेको अभिव्यक्तिप्रति लक्षित गर्दै मंगलबार विज्ञप्ति मार्फत क्रान्तिकारीले मन्त्री सुब्बाको अभिव्यक्ति घोर आपत्तिजनक रहेको जनाएको छ।

विज्ञप्तिमा लेखिएको छ-नेपाली जनताको ठूलो त्याग र दशौं हजारको वलिदानवाट निर्माण भएको संविधान कार्यान्वयन गर्ने दायित्व बोकेको सरकारका मन्त्रीबाटै यस्तो निकृष्ट अभिब्यक्ति आउनु घोर आपत्तिजनक र लज्जास्पद विषय हो।’ क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ‘आफूले जुन संविधान वमोजिम मन्त्री भई सपथ आएको छ, त्यहि संविधानको धज्जी उडाएर दुनियाँ हसाउने गैरजिम्मेवार मन्त्रीलाई एक सेकेन्ड पनि पदमा वहाल रहने नैतिक, राजनीतिक र संवैधानिक अधिकार छैन। यसर्थ मन्त्री सुब्बालाई बर्खास्त गरी संविधान कार्यान्वयनको दायित्व पूरा गर्नेतर्फ अविलम्ब कदम चाल्न सरकारका प्रधानमन्त्री सहितका सबै सरोकारित निकायलाई जोडदार माग गर्दछौं।’

मुलुकमा गणतन्त्र स्थापना भएको सात वर्ष पूरा भइसकेको अवस्थामा सरकारका मन्त्रीले नै राजा ल्याउन आफू मन्त्री पद त्याग गर्न तयार रहेको अभिव्यक्ति दिएका थिए।

सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा मन्त्री सुब्बाले मन्त्री पद भन्दा आफ्नालागि राजसंस्थाको विचार ठूलो भएको बताएका थिए।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad