coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

तीन काठेपुल संचालनलार्इ अनुमति

भारतले बिना अनुमति महाकालीको दोपखे क्षेत्रमा लगाइएको काठेपुल । तस्बिर : प्रेम चुनारा

दार्चुला – नेपाल सरकारले अन्तराष्ट्रिय सीमा नदीको रुपमा रहेको महकाली नदीमा पुल लगाउन भारतीय पक्षलाई एक महिना पछि अनुमति दिएको छ।

भारतीय पक्षले माग गरेको ठाउँहरूमा तीन ओटा काठेपुल बनाइ संचालन  गर्न नेपाल सरकार गृह मन्त्रालयबाट अनुमति प्राप्त भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए।

भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्रमा पर्ने ब्यास गाउँपालिकाको वडा नम्बर २ को नजांग, लखनपुर  र छाङकङरे खोलामा अस्थायी काठे पुल लगाउन नेपाल सरकारसँग अनुमति माग गरेको थियो, प्रमुख जिल्ला अधिकारी गौतमले भने, कैलाश मानसरोवर जाने तिर्थ यात्री तथा सौका समुदायको हुने बसाई सराईलाई मध्यनजर गर्दै केही समयका लागि मात्रै अनुमति प्रदान गरिएको छ।

यस अघि भारतीय पक्षले नेपालको सहमति विनै ब्यास गाउपालिका २ को ताम्पाकु, नजांग, घाटीबोगड, मल्लो घाटीबोगड र वडा नम्बर १ को छाङकाङरे र बुदी खेलामा अस्थायी काठे पुल लगाएर भारत तर्फ निर्माण भैइरहेको सडकमा काम गर्ने मजदुरहरूलाई आवत जावत गराइरहेको थियो भने नेपाली भूमिमा डेढ किमी कच्ची सडक र झण्डै दुई किमी बाटो समेत निर्माण गरेको  खबर सार्वजनिक भएपछि दार्चुलाको उत्तरी सीमाक्षेत्रमा सुरक्षा चुनौती सृजना भएको थियो।

दार्चुलाको उत्तरी ब्यांस गाउँपालिकाको भारतीय सीमा क्षेत्रमा भारतीय पक्षले नेपाल सरकारको अनुमति बिनै महाकाली  सीमा नदीमा एकतर्फी काठे पुल लगाई  संचालन गरेको  नेपाली पक्षबाट  गम्भीर विरोध भएपछि संचालनमा रोक लागेको थियो। 

प्रकाशित: १६ चैत्र २०७४ १३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App