८ वैशाख २०८१ शनिबार
समाज

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

राजविराज – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ मा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा नवराजपुर गाउँपालिका–१ बस्ने ३० वर्षीय सञ्जय यादव रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । स१क१७९ नंको टिपरले यादव सवार स६प २८९१ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

सो ठक्करबाट गम्भीर घाइते यादवलाई उपचारका लागि सप्तऋषि अस्पताल लहानमा भर्ना गरे पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। सोही मोटरसाइकलको पछाडि सवार सिराहा नवराजपुर गाउँपालिका–१ बस्ने २१ वर्षीय अमित कुमार यादवसमेत घाइते भएका छन्। 

घाइते अमितलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगरमा पठाइएको छ । यता ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिप्रकाले जनाइएको छ। 

प्रकाशित: १६ चैत्र २०७४ १२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App