७ वैशाख २०८१ शुक्रबार
शिक्षा

तेश्रो मेगा अष्ट्रेलियन एजुकेशन फेयर शुरु

कार्यक्रमकाे उद्घाटन गर्दै शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डे । तस्बिर ः नागिरक

काठमाडौँ – वैदेशिक शिक्षाका लागि अष्ट्रेलिया जाने सोच बनाइरहेका प्लसटु तथा ब्याचलर गरेका विद्यार्थीलाई लक्षित गर्दै शुक्रबारबाट राजधानीमा तेश्रो मेगा अष्ट्रेलियन एजुकेशन फेयर शुरु भएको छ। 

वान अप प्रालिको आयोजनामा भएको फेयरमा विद्यार्थीले अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृत्ति, लागयतका विषयमा विज्ञहरूबाट जानकारी पाउने आयोजक वान अपका भोला पोखरेलले जानकारी दिए।

ब्रिटिस काउन्सिल प्रस्तुतकर्ता रहेको उक्त फेयरमा अस्ट्रेलियाका उत्कृष्ट कलेज र यूनिभर्सिटी तथा कन्सल्टेन्सीहरू गरी ३०  भन्दा बढी संस्थाहरूको सहभागिता रहेको छ।  

फेयरमा विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरूले विद्यार्थीलाई करियर काउन्सेलिङका साथै अस्ट्रेलियन कलेज तथा विश्वविद्यालयको बारेमा जानकारी दिने आयोजकले जनाएको छ।

दुई दिनसम्म चल्ने फेयरमा पाँच हजार बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहने अपेक्षा गरिएको छ।

 

प्रकाशित: १६ चैत्र २०७४ ११:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App