coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सरकारले जारी गर्‍याे श्वेतपत्र, राजस्वले चालु खर्च धान्न सक्ने स्थिति छैन

काठमाडौं-  अर्थ मन्त्रालयले स्वेतपत्र जारी गरेको छ। हालको मुलुकको अर्थतन्त्रको अवस्थाबारे जानकारी गराउन मन्त्रालयले स्वेतपत्र जारी गरेको हो। श्वेतपत्रमा नेपालको अर्थतन्त्रमा दीर्घकालफन संरचनात्मक सम्स्या र कमजोरी रहेको बताइएको छ। अयको ९० प्रतिशभन्दा बढी अंश उपभोगमा नै खर्च हुन गई बचत न्यून हुने गरेको उल्लेख छ। आर्थिक, समाजिक, भौतिक पूर्वाधारका सबैजसो उत्पादनका साधान आयात हुने भएकोले उत्पादन लागत र व्यापार घाटा बढ्दै गएको बताइएको छ।

यस्तै अर्थतन्त्रमा लगानीको आधार न्यून रहेको बताउँदै हाल कुल स्थिर पूँजीको आकार कुल गार्हस्थ्य उत्पादनको ३३.८८ प्रतिशत रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए। सरकारको कुल खर्च बढेको तुलनामा पूँजीगत खर्चको आकार सानो रहेको उल्लेख छ। अल्पविकसित मुलुकमा सामाजिक र आर्थिक पूर्वाधारको क्षेत्रमा सार्वजनिक खर्च बढ्नु पर्नेमा चालु खर्च बढ्दै गएको बताइएको छ। राजस्वले चालु खर्च धान्न सक्ने स्थिति नभएको श्वेतपत्रमा उल्लेख छ।‘चालु आर्थिक वर्षको कुल विनियोजनमा चालु खर्च ८०४ अर्व रहेको छ, जुन चालु वर्षको प्रक्षेपित राजस्वको अनुपातमा ११० प्रतिशत हो,’ स्वेतपत्रमा भनिएको छ।

वित्तीय अनुशासनहीनता बढेको भन्दै चिन्ता समेत गरिएको छ। वित्तीय अनुशासनहीनताको वर्तमान प्रवृत्तिलाई तत्काल नियन्त्रण गरी बजेट तर्जुमाको समयदेखि नै वित्तीय अनुशासन र मापदण्डहरुको पूर्ण पालना गरिने समेत जनाइएको छ।

निजीकरणको अभ्यास मूलत: असफल देखिएको बताइएको छ। निजीकरण अध्ययन र आवश्यकतामा आधारित नभएर लहडमा गरिएको बताइएको छ। भूकम्पपछिको पुननिर्माणको गति सुस्त रहेको भन्दै श्वेतपत्रमा चिन्ता व्यक्त गरिएको छ। भूकम्पको क्षति भएको तीन वर्ष पुग्दा पनि करिब १५ प्रतिशत मात्र व्याक्तिगत आवास पुननिर्माण भएको जनाइएको छ।

वैदेशिक सहायता परिचालनको क्षेत्रमा विसंगतिहरु बढ्दै गएको बताइएको छ। राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण गर्न गठन भएका निकायहरुको कार्यसम्पादन प्रभावकारी नभएको श्वेतपत्रमा उल्लेख छ।

सरकारले नकाबन्दीको समयमा पनि श्वेतपत्र जारी गरेको थियो। नकाबन्दी र भूकम्पले अर्थतन्त्रमा पारेको प्रभाव समेट्दै तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले श्वेतपत्र सार्वजनिक गरेका थिए।

 

प्रकाशित: १६ चैत्र २०७४ ०९:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App