गोली हानेर आफ्नै पत्नीको हत्या

शुक्रबार, १६ चैत २०७४, १५ : १७ अर्जुन ओली

नेपालगन्ज–गोली प्रहार गरेर बाँकेमा एक व्यक्तिले आफ्नै पत्नीको हत्या गरेका छन्। बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ बनकट्टीका ३० वर्षीय सन्जयकुमार बर्माले आफ्नी २८ वर्षीया पत्नी शान्तिदेबीको गोली प्रहार गरी हत्या गरेका हुन्। बिहीबार राती करिव ११ देखी साढे ११ बजेको बीचमा हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँके मुद्दा शाखाका इन्जार्च एवम् प्रहरी निरीक्षक रणबहादुर बिष्टका अनुसार आफ्नै नाममा दर्ता भएको बाह्रबोर बन्दुकले दुई राउण्ड गोली प्रहार गरी बर्माले हत्या गरेका थिए। गोली प्रहारबाट शान्तिदेबीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ‘घटना लगत्तै बनकट्टी र जिल्लाबाट प्रहरी टोली पुगेर अभियुक्तलाई नियन्त्रणमा लिएका हौं,’ बिष्टले भने ‘घटनाको अनुसन्धान भइरहेको छ।’ घटनास्थल पुगेको प्रहरीले अभियुक्त बर्मासहित बाह्रबोर बन्दुक र गोली बरामद गरेको उनले बताए।

अभियुक्त बर्मालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक बिष्टले बताए। मृतक शान्तिदेबीको शव पोष्टमार्टम गरी उनकै जेठाजुको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्त बर्माले परपुरुषसँग पत्नीले सम्बन्ध गाँसेको आरोपमा हत्या गरेको बयान दिएका छन्। स्थानीय छिमेकीले भने बर्माको मानसिक सन्तुलन ठिक नभएको र उनले केही वर्षदेखी औषधी सेवन गर्दै आएको बताएका छन्। बर्माको एक मात्र १२ वर्षकी छोरी छिन्।






यसमा तपाईको मत

अन्य समाचार

गेमिंग ल्यापटप खरिद गाइड

गेमिंग ल्यापटप खरिद गाइड

२०२० मा कस्तो गेमिंग ल्यापटप किन्ने ? ...

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

सि.जी. इलेक्ट्रोनिक्स को १८ औं शोरुम तथा एल.जी को ८औं नयाँ प्रिमियम ब्राण्ड शप विराटनगरमा संचालनमा आएको छ । ...

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकले रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा शाखा विस्तार गरेको छ । ...

अनलाइन जब फेयर आयोजना हुने

अनलाइन जब फेयर आयोजना हुने

आस्कमी म्यानेजमेन्टले यही माघ १५ र १६ गते दुईदिने ‘भर्चुअल जब फेयर’ सञ्चालन गर्ने भएको छ । ...

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

गत माघ १० गतेबाट सुरु भएको तीनदिने ११औं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । ...

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाजको डोमिनार ४०० हन्ड्रेड बाइक। ...

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

Ncell Footer Ad