महासंघको स्थापना दिवसः नौ पूर्वसभापतिको सम्मान

शुक्रबार, १६ चैत २०७४, १४ : २७ नागरिक

काठमाडौं – नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसका अवसरमा नौ जना पूर्वसभापतिलाई शुक्रबार (आज) सम्मान गरेको छ। सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सभामुख कृष्णबहादुर महराले उनीहरुलाई सम्मान गरेका हुन्।

सम्मानित हुनेहरुमा महासंघका पूर्वसभापतिहरु होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, डा सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, विष्णु निष्ठूरी, शिव गाउँले र डा महेन्द्र विष्ट हुन्।

मुलुकमा स्वतन्त्र प्रेसको रक्षा र लोकतन्त्रको पक्षमा महत्वपूर्ण योगदान पुर्याएबापत महासंघले उनीहरुलाई सम्मान गरेको हो।

महासंघको भूमिका सबैको सामु जगजाहेर छ

सो अवसरमा सभामुख महराले निरङ्कुशविरुद्ध र लोकतन्त्रको पक्षमा पत्रकार महासंघले खेलेको भूमिका सबैका सामुन्ने जगजाहेर रहेको बताए।

उनले भने,“पत्रकारिता जगत् समाजको ऐनाको भूमिका खेल्दै आएको छ, समाज रुपान्तरणमा सञ्चार क्षेत्रको ठूलो योगदान रहेको छ, मुलुकमा प्राप्त उपब्धिलाई ठिक ढंगले उपयोग गर्न र सही दिशातर्फ उन्मुख गराएर समृद्धिसँग जोड्ने कामको दायित्व पत्रकारिता क्षेत्रले लिनुपर्छ।”

सभामुख महराले नेपाली पत्रकारिता क्षेत्रको गौरवमय इतिहास, विश्वसनीयता र मर्यादालाई बचाइराख्न महासंघले ख्याल गर्नु पर्ने आवश्यकतामाथि जोड दिए। महासंघका सभापति गोविन्द आचार्यले पत्रकारिता क्षेत्रमा चुनौतीको पहाड नै रहे पनि अग्रजले गौरवपूर्ण ढंगबाट राखेको साझा चरित्र, गरिमा र वजलाई बचाइराख्ने प्रतिबद्धता जनाए।

पूर्वसभापति हरिहर विरहीले नेपाली प्रेस जगत्ले निर्धक्क भएर काम गर्न सक्ने अवस्था अझै नरहेको उल्लेख गर्दै पत्रकारिता क्षेत्रको विश्वसनीयता र गुणस्तर विकासमा महासंघ अझै सक्रिय भएर लाग्न आवश्यक रहेको बताए। सूचना विभागका महानिर्देशक वीरबहादुर राईले पत्रकारिता क्षेत्रले राम्रा कामलाई प्रवद्र्धन र नराम्रा कामलाई निरुत्साहन गर्दै देश र जनताको हितमा काम गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।

विसं २०१२ साल चैत १६ गते स्थापना भएको पत्रकार महासंघले घोषित आदर्शप्रति अविचलित रही ६३ औँ वसन्त पार गरिसकेको छ। महासंघका महासचिव रमेश विष्टले आधा शताब्दीभन्दा बढी समयदेखि समाजको अग्रणी साझा संस्थाका रुपमा सशक्त भूमिका निर्वाह गर्दै आएको महासंघले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको स्मरण गराए।

महासंघको नेतृत्वलाई स्थापनाको इतिहासको स्मरण गर्दै उज्ज्वल भविष्यका लागि चिन्तन गर्न वक्ताहरुले सो अवसरमा सुझाव दिए। समारोहमा सभामुख महराले महासंघद्वारा प्रकाशित पत्रकारिता स्थापना दिवस विशेष विशेषाङ्कको विमोचन पनि गरे।    (रासस)








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad