७ वैशाख २०८१ शुक्रबार
समाज

समाचार संकलनमा रोक लगाएकाेमा महानगरद्वारा दुःख प्रकट

चितवन-  समाचार संकलनका क्रममा महानगर पुगेका पत्रकारलाई समाचार संकलन गर्न रोकेको घटनाप्रति भरतपुर महानगरपालिकाले दुःख प्रकट गर्दै अब यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेको छ।

महानगरपालिकाले आज  नेपाल पत्रकार महासंघसँग आयोजना गरेको संयुक्त छलफल कार्यक्रममा महानगरका प्रमुख रेनु दाहालले आउँदा दिनमा यस्ता घटना दोहोरिन नदिने भन्दै दुःख प्रकट गरेकी हुन् ।

यही चैत १३ गते भरतपुर महानगरपालिकामा उद्योग वाणिज्य संघ चितवनको टोलीले करको विषयमा ज्ञापनपत्र बुझाउने क्रममा पत्रकारहरुलाई नगरप्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाहकै रोहवरमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी र वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले गालीगलौजसहित दुव्र्यवहार गरी कार्यक्रमस्थलबाट बाहिर निकालिएको थियो ।

सोपश्चात् पत्रकारसँग सम्बद्ध संघसंस्थाले विज्ञप्ति निकाल्दै घटनाको विराेध गरेका थिए।
कार्यक्रममा प्रमुख दाहालले महानगर र पत्रकारबीचमा सुमधुर सम्बन्ध स्थापित गर्दै समाचार संकलनमा सहयोग पुर्‍याउने बताए।

सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी र वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले घटनाप्रति दुःख प्रकट गर्दै नियोजित नभएर आवेशमा आएको बताए।

छलफलमा महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले अबका दिनमा समाचार संकलनमा सहज वातावरण सिर्जना गर्न आग्रह गर्दै यस्ता घटना दोहोरिन नहुने बताए।
कार्यक्रममा पत्रकारले महानगरबाट सूचना संकलनमा कठिनाइ हुँदै आएको भन्दै जनप्रतिनिधि आएपछि थप समस्या हुनु दुःखद् भएको बताएका थिए।रासस
 

प्रकाशित: १६ चैत्र २०७४ ०७:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App